~अनुष्कर पुष्कर गुरुङ~
पोथ्रा पोथ्रैले पोतिएको पात्रो घर
पत्ता र पत्तकरको पतारिंगेको पात्रो जस्तो
रनेको चर्किएको घर छ
त्यो घरमा के छ भनेर हेर
एउटा थाल ,एउटा बटुको र एउटा ग्लास
भूइमा लड़ेको छ
कालो मोसोले रंगिएको कराइ , डेक्चि , कसौड़ि
कित्लि , छरपष्ट छ
भित्र-भित्रै खोक्रिएको रनेको चुल्हा छ
त्यो चुल्हामा रनेको भाग्य , भबिषय , पसीना ,परिश्रम
जलिरहेको छ
रातो आगोका लप्काहरुले रनेको भाग्यको डेक्चि
जलाइ रहेको छ ,रनेको सुनौलो सपनाहरु जलाइरहेको छ
रनेको अंगुलिहरु जलाइरहेको छ , रनेको ज्योतिमय आँखाका
प्रकाशहरु जलाइ रहेको छ
जलाइरहेको छ रनेको समाजले रनेको घर !
हुरुरुरु.. हावाहरुले रनेको घरलाई धम्काउछ
धम्काउछ रनेको बिश्वासको छानोलाई
धम्काउछ रनेको परिश्रमलाई
धम्काउछ रनेको बिश्वासको दह्रो खाम्बोलाई
धररर बर्सेको बर्षामा रनेको चर्किएको घर
बगाए जस्तो अनुभूति रनेले गर्छ
कराउन थाल्छ रने समाजका देवी देवताहरु अघि
ए मर्नलागेका मूर्दा मुहुर्तहरु हो
मेरो मुखको गाँस खोसि खाने चोरहरु हो
तेरो घर ,तेरो धन ,तेरो राज , तोरो सासक
तेरो पुंजिको बल , तेरो धम्कि , तेरो डक
तैले मेरो घर चर्काएको छस्
तैले मेरो बिश्वास लुटेर लगेको छस्
तैले मेरो अंगुलीको छाप चोरेको छस्
तैले मेरो बिश्वासको छानो उकाएर लगेको छ
तैले मेरो घरेटिको एक एकवटा ढुंगाहरु
कोटाएर लगेको छस्
तैले मेरो घरको इट्टाहरु चोरेको छस्
तैले मेरो मनको बिश्वास लुटेर लगेको छस्
तैले मेरो घर चर्किएको छस्
तैले मेरो घरको दह्रो खाम्बो बोकेर लगेको छस्
तैले मेरो घरको बिश्वास लुटेर लगेको छस्
चोरेर लगेको छस् , मलाई ढकेर लगेको छस्
मलाई तैले लातै लाताले हिर्काउदै मेरो बिश्वास
लगेको छस्
लगेको छस् तैले मेरो बिश्वासलाई
र नै आज मेरो घर चर्किएको छ !
रनेले चोयाहरु काटि काटि बुनेको छ डोको
बुनेको छ रनेले आशाहरुका डोको
बुनिन्दै गरेको डोको रनेको बिश्वास हो
रनेले बुनेको डोकोका छेदहरुबाट
आशा ,सुनौला सपनाहरु चुहिएर गएको छ
रनेले चोयाहरु बुन्न छाड़्यो
रनेले समाजमा बसेर डोको बुन्न छाड़्यो !
रनेले खहरी मट्टिले चर्किएको भित्ताहरु टाल्न
लागेको बेला समाजले भूकम्प पठाउछ
पठाउछ हुरी -बतासहरु समाजका देवताहरुले
समाजका टुप्पोमा बसेको छ इन्द्र भई
त्यो इन्द्रले जे भन्यो त्यो नै गर्नु पर्ने
मेरो घर चर्काउने , मेरो घरको आत्मा लाने
मेरो घरको सपनाहरु लाने , मेरो घरको आशाहरु लुट्ने
मेरो बिश्वासको छानो उकाएर लाने
मेरो बिश्वासको दह्रो खाम्बो उखालिएर लाने
त्यो इन्द्र नै हो
मैले सहयोगको झण्डा गाड़े
चन्द्र देव , सूर्य देव , वायु देव ,अग्नि देव
वायुदेवहरु आघि हात फैलाए
मेरो चर्किएको घरमा बिश्वास ,आशा ,फ्रेम , स्नेहको
प्रकाश छरिदिनु भनि
तर
त्यो इन्द्रले मेरो मार्कमा बाधा बनेर
मेरो घर साथै मेरो आशाहरुलाई पनि चर्काइ दियो
मेरो घरको छानोहरु उकिन्दै गइरहेको छ
मेरो बिश्वासको घर चर्किएको छ
मेरो आशाको घर चर्किएको छ
मेरो प्रेमको घर चर्किएको छ
रूढ़िग्रस्त समाजका हुरिले मेरो घर उढ़ाउन लागेको छ
यो इन्द्र र कुबेरको समाजमा मेरो घरको कुनै
अस्तित्व छैन , कुनै मुल्य छैन
मेरो चर्किएको घर चड़किन्दै जादै छ
मेरो बिश्वासको दह्रो खाम्बो भाचिन्न लागेको छ
मेरो चर्किएको घर पात्रो पात्रै भएर उकिन्दै छ
के भनु हजु
मेरो हजुर झोपड़ीमा बास छ
खोले फाड़ो सिस्नु ढेड़ो गाँस छ !
एक्कासी रने कराउन लाग्यो
लैजा लैजा मेरो आशाको खाम्बाहरु
लैजा लैजा मेरो बिश्वासको छानो
लैजा मैले सपनाको माटोले पोतेका भित्ताहरु
लैजा मेरो चर्किएको घर !
खड़ेरी लागेको छ रनेको घरमा
आँशुको भेल बग्छ रनेको घरमा
तपाइको भान्साकोठामा , तपाइको चुल्हामा
भुक -भुक उमल्दै गरेको पानीहरुमा
हाँस्दै नाच्दै गाउँदै रमाउछ होला
चावलका सिताहरु तर रनेको चुल्हामा
पाक्छ ढेड़ो ,कोदोको रोटि ,मकैको भात
सिमल तरुल ,
पाक्छ रनेको चुल्हामा बिगतको दयनीय दिनहरु
पाक्छ रनेको चुल्हामा आँशुहरु
जलाउछ रनेको चुल्हाले रनेको अर्थिक लासलाई
जलाउछ रनेको चुल्हाले रनेको घरलाई
जलाउछ रनेको चुल्हाले रनेको चौरी परेको
गालाहरु ,हतकेलाहरु ,चौरि परेका निधारहरु
डढ़ाउछ रनेको चुल्हाले
समाजबाट रनेको चर्किएको घरलाई !
साइली दिदी एकबिहानै रनेको घर जान्छीन्
बोलाउन लाग्छ साइली दिदी रनेलाई
रने ..ए.. रने , रने..ए..रने
साइली दिदीको मन सुन्य हुन्छ
साइली दिदी अतालिन्छ
रनेको कोठाको ढोका उघारेर हेर्छ
रनेको चौरी परेको शरीर भूइमा लड़ेको छ
रनेको चर्किएको घर संगै रनेको अधुरो सपना
भूइमा लड़िरहेको छ
रनेको आशाहरु भूइमा लड़िरहेको छ
रनेको चर्किएको घर भूइमा लड़ो !
(स्रोत : रचनाकारको ब्लगबाट सभार)