~तारा पराजुली~
खाली खुट्टा हिंडिरहेछन् हिउँमा
न त एक आङ लुगा छ जिउमा।
के उब्जाउलान् यी किसानहरुरु
घुन पुत्ली सरी छन् बिउमा।
कठै१ती सुत्केरी वारि खनिरहिछन्
महिनादिनको बालक बोकेर पिठिउ मा।
गाउँमा वकिलले कान्छी ल्याएछन्
जेठीले छोरी जन्माएको निहुमा ।
– तारा पराजुली,मोरङ