कविता : स्व खवरदारी

~मथुरा सैंजु~

नखाने चिज खाएर बरबाद परें आफै नै,
नगर्ने काम गरेर धोका खाएँं आफै नै ।

नबोल्ने बोली बोलेर शत्रु भएँं आफै नै,
झुठको यो दुनियाँमा झुठा भएँ आफै नै ।

रिस राग द्वेश घृणा मानव मात्रको शत्रु हो,
यीनलाई राखे बसमा बन्छ मानव इश्वर नै ।

इश्वर बस्ने मन्दिर मानव देह आफै नै,
सुन्दर स्वच्छ स्वस्थ हराभरा बनाउँ है ।

जाड रक्सी चुरोट तमाखु अनि विभिन्न ड्रग्स नै,
कुहाउने सडाउने मकाउने अनि अशक्त बनाउने ।

अमुल्य मानव मस्तिष्क अनि देशरुपी मन्दिर नै,
स्व खवरदारीले मात्र सुध्रिन सकिन्छ स्वयं नै,
स्वयं सच्चिए सच्याउन सफल भइन्छ विश्व नै ।

प्रिन्सिपल, एक्टन प्रि स्कुल, कुलेश्वर आवास, काठमाडौं

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.