~दिनेश अधिकारी~
कुरा सुन्छु नानाथरी, गाँठो पर्छ छातीभरि
बह पोख्ने ठाउँ छैन, बसेकी छु बाटो हेरी
लैजा चरी मेरो खबर, जहाँ होला उसको सहर
हातमाथि हात राखी, देवी–देवता सबै भाकी
लाएको यो चोखो माया कतै बिर्सिदिने हो कि ?
मुटु काँप्छ सधैँ थरर, एकैनास साँझ–सबेर
चुरा–पोतेसँग खेल्न, बाँकी नै छ डोली चढ्न
उसको आँखाभित्र आफ्नो रमाएको रूप हेर्न
फुल्नै नपाई मेरो रहर, हुने हो कि बाँझो बगर
शब्द : दिनेश अधिकारी
सङ्गित : न्ह्यू बज्राचार्य
स्वर : योगेश्वर अमात्य