~सन्तोष थापा~
रूदै रूदै बाच्नु पर्ने यो कस्तो जिवन
रूदै रूदै हास्नु पर्ने यो कस्तो जिवन
उनकै यादमा आंसुको बर्षाले परेली भिज्दा
रूज्दै भिज्दै बाच्नु पर्ने यो कस्तो जिवन
मनमा आगो बली पिरको चितामा मुटु जल्दा
जल्दै बल्दै बाच्नु पर्ने यो कस्तो जिवन
माया गर्ने मायालुको याद अनि सम्झनामा
रूदै रूदै रात काट्नु पर्ने यो कस्तो जिवन
अंधेरी रात सिरानीको साथ र उनको यादमा
सपनि देख्दै बाच्नु पर्ने यो कस्तो जिवन
सन्तोष थापा
15 March 2018 UN House Juba
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )