गजल : बगेन आँसु चोटले

~सरोज घिमिरे ‘कर्कट काश्यप’~

सुकेछ आँत घातमा, बगेन आँसु चोटले ।
कठोर प्रेम मातमा, बगेन आँसु चोटले । ।

भएन बोल्न फोनमा, खराब काम के भयो,
मनुज मित्र जातमा, बगेन आँसु चोटले ।

कुरा छ धेर सम्झना, पियार दिन्छु बन्दकी,
उडेछ आश रातमा, बगेन आँसु चोटले ।

पिएर उष्ण वेदना, हँुदैन शान्ति अग्निको,
नराख फूल हातमा, बगेन आँसु चोटले ।

म लाग्छु दूर देशमा, नखोज्नु घाउ याद यो,
नलेख पत्र पातमा, बगेन आँसु चोटले ।

झापा, हाल काठमाडौं

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.