~शान्ता गौतम~
चौबन्दीमा सजेकी झुपडीकी रानी
आइदेउन मनभरि सबै आफ्नो ठानी ।
पर्खिरहेछु तिम्रो बाटो ईश्वरलाई भाकी
धुपी दुबो गाँसी माला स्वयंबरका लागि ।
दिलको ज्योति जलाइरहेछु साँझ बिहान पनि
एउटा लाली फुलाइदिएँ तिमीलाई नै भनी ।
मनका रहर धेरै धेरै तिमीसँग बाँच्ने
मुस्कुराउँदै चन्द्रसरि तिम्रै काखमा नाँच्ने ।
बाटा पनि धेरै थिए एउटा चाँही रोजें
जुनेलीमा तारासँगै चम्किदिन खोजे ।
नदी बनी तिम्रो दिलमा बगिरैछु अनि
तिम्रै यादमा घरी घरी तड्पिदैछु पनि ।
-फिदिम, पाचथर ।