~शालिकराम मुसाफिर~
इज्जत उसलाई नि गर, जसको दरबार हुँदैन
भरोसा उसलाई नि गर, जसको घरबार हुँदैन ।
अमिर त अमिर नै छन्, फकिर मनको ख्याल गर
मन उसको गङ्गाजल हो, त्यो कहिल्यै तरबार हुँदैन ।।
तिम्मलाइ सधै धनकै सुर्ता, जन तिर ध्यान गएन
छल गर तिमले तर, नेपाली कहिल्यै सरदार हुँदैन ।।।
उत्तर जाउ पश्चिम धाउ, जे सक्छौ गर तिमी
सुन्दर भुमि मेरै हो, पराइ कहिल्यै हकदार हुँदैन ।।।।
ढिलो खाउ खास्टो लाउ, यसमै रमाउन सिक सधै
पराइ भोजन लाख बनोस्, जो कहिल्यै दमदार हुँदैन ।।।।।