लघुकथा : आ-आफ्नो खेमा

~कात्यायन~dhanwantari-mishra-katyayan

– तिनीहरू जेलमा सडिरहेका थिए | तिनीहरूको ठूलो भीड थियो, खेमा थिएन |

– वरिष्ठ पत्रकारहरू प्रहरी-हिरासतमा परे; आई.सी.यू.मा पुस्तक पढ्दै बसे, छुटे |

– भिक्षु-संतहरू जेलमा परे, छुटे |

– विध्यार्थीहरू जेलमा परे, छुटे | राष्ट्र-सेवकहरू पनि पर्दै छुटे |

– महान् नेताहरू पनि परे, छुटे |

– सबै ज्यानमारा, कालाबजारी, भ्रष्टाचारी, पदका दुरुपयोग गर्नेहरू छुटे | अत्याचारी, दुराचारी, व्यभिचारी, बलात्कारी, आन्दोलनकारीहरू पनि छुटे |

– तर तिनीहरू कहिल्यै जेलबाट छुटेनन् | किनकि, तिनीहरूले भयङ्कर अपराध गरेका थिए – बच्चामा छिमेकीको बगैंचाबाट आलुबोखडा चोरेकाथिए र आ-आफ्नो खेमा बनाउन जानेकाथिएनन् |

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.