कविता : वितृष्णा

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

कृष्ण,श्याम,कन्हैया नाम अनेक ।
बन्यौ तिमी द्धापर युगका नायक ।
प्रकट होऊ बिनाश गर्न दुष्टता ।
हरण गर्‍यो ब्यभिचारले सदाचार ।
संरक्षक नै बने युगका भक्षक ।
पाईदैन मानवमा नीहीत मानवता ।
युगमा एक युगपुरुष अवतरित ।
बुद्धले फिँजाए अहिंसाको सन्देश ।
बुद्ध भूमिका मानव संवेदनहीनता ।
नगरे कै हो अनुशीलन शान्तिकोे ।
पानी भन्दा सस्तो मानवको रगत ।

भ्रम युद्धले खोल्ने सत्ताको कपाट ।
विभक्त समाज सम्प्रदायमा अनेक ।
पलाएका हाँगा बिँगा जड छ एक ।
एउटै शुत्रमा बाँध आएर भू–लोक ।
झाङ्गिंदै आयो मानव मानवमा बितृष्णा ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.