गीत : बिर्सन होइन

~बच्चु कैलाश~

बिर्सन होइन हामीले पिेरती लाएको वचन खाएको
दुईजना मिलेर संसार हामीले पाएको ।

मनले मनलाई बाँधेको छ
तनले तनलाई बाँधेको छ
एउटाले अर्कोलाई चिनेको छ
चाहना चाहना मिलेको छ
तिमी आँखा नखोल सपना बोकेर म आउँछु
सुस्तरी निदरी लिएर
दुई जना मिलेर संसार हामीले पाएको ।

भोलीको दिन पर छ, पर
आजको दिन तिमी हाँसी देउ
पग्लेर जाने यो जोवन थोरै
आजको दिन सम्हालेर लेउ
दिल्-दिलको भयो मितेरी
जीवन भरीको चरीको सरीको गरेर
चरीको सरीको गरेर
दुई जना मिलेर संसार हामीले पाएको ।

शब्द / स्वर / सङ्गीत : बच्चु कैलाश

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.