~शेखर ‘अस्तित्व’~
पहिले आँसू बनाउनलाई, दु:ख-पीड़ा पगाले’छु,
फेरि जल्दै मुटु माथी, जम्मै आँसू उमाले’ छु !
तिम्रा बाचा-बन्धन सबै, बाफ बनी उड़े पछि,
बचेका ती याद हरू, गजलमा नै संगाले’ छु !
तिम्ले छोड़ी गए पछि, संवेदना-शून्य भएँ !
मनको घाउ, हृदयको, रगतले नै पखाले’ छु !
कुल्चिएका निर्दोष ती, ‘भाव-पुष्प’ हरूलाई,
शब्द-कात्रो ओढ़ाएर, शे’र भित्र सम्हाले’ छु !
भोलि जाने भए, आजै गए पनि चिन्ता छैन !
शेखर संग “अस्तित्व”को, गाँठो मैले फुकाले’ छु !
बुटवल–६
हाल : मुम्बई,