गीत : झुम्के चुरा…

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

झुम्के चुरा बजाउदै अलिकति लजाउदै
आए म त तिम्रा सामू सानो संसार सजाउदै ।
चोरीदेउ लुकाइदेउ षोडसी यो जोवन
तिम्रै आशमा धरमरिदै बांचेको चोखो मन ।

तिम्रै लागि टिपी हेर आकाशको जून पनि
चाहिदैन बरु मलाई एक नम्बरी सून पनि ।
मेरो भन्नु केवल मन, मनभरि माया
बनिदेउ शितल जून, यो मनलाई छाया ।

छ रोशनी मभित्र नै नखोज चादनी कतै
पापी हुन्छन् लोभी नजर भ्रमको संसारमात्रै ।
कृत्रिम वषर्भन्दा राम्रो आफ्नो मनको झरी
भित्री मन खोली हेरे देख्छौ मलाई परी ।

gopiji2065@gmail.com
काव्यकुन्ज, भक्तपुर |

(स्रोत : काव्यकुञ्ज डट कम)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.