लघुकथा : अनुभब

वैकुण्ठ ढकाल-

राजनीति र वकालतलाई संगै अघि बढाईरहेका शंकरको देशमा नाम, ईज्जत चुलिएको छ । राजधानी काठमाण्डौंमा एकै कम्पाउण्डमा जुम्ल्याह महल पनि ठडिएको छ । श्रीमान श्रीमतीको सम्बन्ध पनि फेबिकोलले टाँसेर बाहिर नदेखिने काँटी ठोकिएको जस्तै छ । गहिरोसंग नियालेर हेर्दा पनि कहिंकतै सानो पनि छिद्र देखिदैन ।

कस्तो गज्जब साईतमा वकालत थालेछन, अहिलेसम्म हातमा लिएको कुनै पनि मुद्दा हार्नु परेको छैन, हारेको छैन । अदालतमा उभिएर गरेको शंकरको तार्किताको अघि सबै नतमस्तक पनि हुन्छन । तर्कले मात्रै मुद्दा जितिदैन, त्यो त कानुनको सामान्य जानकारी भएका सामान्य मानिसले पनि बुझ्ने कुरो भयो, तर्कका साथमा सबुत पनि हुन प-यो । तर्क र सबुतको संगमले त हो मुद्दा जितिने ।

तीन बर्ष बिदेश बसेर आएको शैलेश सहपाठी शंकर कहाँ अनौठो मुद्दा लिएर पुग्यो, आफैंसंग सम्बन्धित । श्रीमान श्रीमतीको नितान्त नीति, गोप्य सम्बन्धको कुरो थियो ।

श्रीमती आफ्नै घरमा पालेको कुकुरसंग संसर्ग गर्छिन र आफूलाई पूर्णत बेवास्ता गर्छिन भन्ने दाबी शैलेशको थियो । यही कारणले श्रीमान श्रीमतीको रुपमा आफूहरुको सम्बन्ध अघि नबढ्ने र अलग्गिनुको बिकल्प नभएको शैलेशको निष्कर्ष छ ।

शंकरले मुद्दा लड्ने बचन, आफ्नो सहपाठी साथीलाई दियो । अनि घोत्लिन थाल्यो । एक दिनको कसरतले नै कतिपय मुद्दा जितेको आत्मबिश्वासले हौस्याएको शंकर पछिल्लो एक महिनादेखि नून खाएको कुखुरा जस्तो भएको छ ।

मुद्दामा बहस गर्ने अघिल्लो रात शंकरले श्रीमतीसंग सल्लाह लियो, श्रीमतीले चुट्कीको भरमा मुद्दा जित्ने सञ्जीबनी दिईन् । आफ्ना चर्चित र सफल वकिललाई सञ्जीबनीको बदलामा कोहिनुर हीराको ‘टफी’ बाचा गराईन । शंकर पनि राजि भए ।

अदालतमा बहस शुरु भयो, शंकरले शैलेशको श्रीमतीलाई बोलायो । सफाई पेश गर्न भन्यो । शैलेशको श्रीमती शीलाले आफूले कहिल्यै पनि त्यस्तो काम नगरेको दाबी गरिन, अनि प्रमाण ल्याउन चुनौती पनि दिइन् ।

शंकरले त्यहीं अब्जेक्सन ग-यो, अनि आफ्नो श्रीमतीले दिएको अक्कल लागु ग-यो । शीलालाई सारी र ब्लाउजबीचको दूरी बढाउन आग्रह ग-यो । दूरी बढ्ने बित्तिकै शीलाको कट्टीमा कुकुरका नङ्ग्राका डामहरु प्रष्ट देखिए । शीलाको शीर निहुरियो, खै किन हो उनले त्यो खत नङ्ग्राको भन्न सकिन ।

कहिल्यै हार्न नजानेको शंकरको अभियानमा आज पनि पूर्णबिराम लागेन । फैसला आउने बित्तिकै श्रीमतीसंगको बाचा पूरा गर्न टोफा किन्न गयो । साथमा अनेकौंं मिठाईहरु पनि बोकेर ।

श्रीमान श्रीमती आनन्दले मीठाईएको स्वादमा रमाए । शंकरले आज आफ्नी श्रीमतीको मुहारमा छुट्टै चमक देख्यो ।

श्रीमान श्रीमती सदाझैं एउटै ओछ्याउन पल्टिए । दैनिकी शुरु भयो, शंकर आज खुशीको उत्कर्षमा पुग्यो । अनायशै दिउँसो ईजलासको कुरा सम्झ्यो, शीलाले लगाएको सारी र ब्लाउज । अनि दुबैबीच दूरी लम्ब्याउन गरेको आग्रह ‘फ्याल्स ब्याग’मा आयो ।

उसका जुम्ल्याह हात सरक्क छुट्टिए, अनि श्रीमतीको दुबै कट्टिमा सलबलाउन थाल्यो, तर हातहरु गहिरो खाल्डोमा धेरै लोड बोकेको ट्रक झैं गरी रोकियो । १५ बर्षदेखि गुडिरहेको शंकरको ट्रक आज पहिलो पटक फस्यो ।

हात हटाएर बेड स्वीच खिटिक्क थिच्यो, दिउँसो शीलाको शरीरमा देखिएको चिन्ह र आफ्नो श्रीमती पारुको शरीरमा भएको चिन्हमा कुनै अन्तर थिएन ।

आफूले एकमहिनादेखि निरन्तर खोज्दा पनि नपाएको उत्तर गएराति पारुबाट एकैछिनमा पाएको राज एकैदिनमा खुल्यो । शंकरले मुखबाट फुत्त आवाज निस्क्यो–‘कल्पनै नगरेका प्रश्नको जवाफ पनि अनुभबबाट आउने रहेछ,…………।’

२०७१/०३/२८

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.