कविता : हाम्रो गाउँले जीवन

~गेहेन्द्र अधिकारी~

गाउँले केटो सहर छिर्यो त
सहरिया भइदियो,
एक दुई अङ्ग्रेजी बोल्यो त
बिदेशी भइदियो,
एक दुई पङ्ती कविता लेख्यो त
उ कवि भइदियो,
त्यही पङ्तीमा म,तिमी र उ,उनी
थपिदियो समाजमा प्रेमी भइदियो
पढेपछी जागिर खोज्यो
तर नपाएपछी ससुरालीमा कबाडी भइदियो!!
बिशिष्ट नै थियो श्रेणि ,
पढेकैथ्यो मास्टर तर
आफ्नो लागि उ अभागी भइदियो
जान्ने सुन्नेबाट कबाडी भएपछी
अन्तमा उ परदेशी भइदियो
के गर्नु त अब देशमा रहि,
समय अनुसार समाज र दृष्टिकोण
परिवर्तन भइदियो
समय अनुसार सोच पनि परिवर्तन भइदियो!
सोच पनि परिबर्तन भैदियो।

– पाल्पा #हाम्रोगाउलेजीवन

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.