समीक्षा : डायस्पोरा साहित्य चिन्तन र मन्थन

~दयारत्न शा.भि.~

मानवीय उन्नतिलाई वर्तमान परिपेक्षमा उन्नति भन्दा अवन्नतितिर ढल्केको तर्क ग्लोबल वार्मिङ, डिइन्डष्ट्रीलाइजेशन र अर्गानिक उत्पादन समूहले प्रस्तुत गर्दै आइरहेका लक्षोन्मुख समाज कतातिर लागेको छ भन्ने अनुमान गर्न सकिन्छ । नेपालको सन्दर्भमा ‘विकासे’ शब्दले केहि वर्ष यतादेखि मात्र जग गाडन थालेकोले अवन्नतिको सट्टा उन्नति नै ठानेको देखिन्छ । यस्तो उन्नति र अवन्नतिको मापडण्ड जाँच्न सक्नेहरुमा नेपाल बाहिर बसोबास गरेका नेपालका मान्छेहरुको समूहमा एक अनौथो रहर देखापरेको छ । त्यो हो ‘गैर आवासिय नेपाली’ अथवा गैआने भने पनि हुन्छ र अंग्रेजीमा एन. आर. एन. भन्न रुचाइन्छ । एन. आर. आई.को अनुकरण मात्र होइन हुबहू नै भएर निस्केका एन. आर. एन. भनाउँदाहरु सन २००४ सालदेखि संगठित रुपमा अगाडी बढदै आएको छ । वि.सं सात साल पछिको षडयन्त्र पूर्ण एकिकृत अभियान अब नेपाल बाहिर बसेकाहरु माझ पनि फैलाउने उद्देश्यको अभियानबाट अभिप्रेरित भएका छन् । नेपाल सरकारले जारी गरेको अध्यादेश अनुसार नेपालमा जन्मेका कोहि व्यक्ती जस्को नागरिकता नेपाल देशसंग सम्वन्धित छ सो व्यक्ति नेपाल बाहिर १७६ दिन देश बाहिर बसे त्यसलाई गैआने भन्ने गरिन्छ । अपवादका रुपमा सार्क देश भित्र बसेकाहरु गनिन्दैन अर्थात समुद्रपारका देशहरुमा बसोबास गर्नेहरु जनाइन्छ । आफ्नो थलो र जन्म भूमिको माया कसलाई मात्र नलाग्ला ? केहि गरुं भन्ने भावना सबैमा जागृत हुन्छ । तर, एकै थलोबाट आएकोले हामी नेपाली नै त हो भन्ने अभिप्रायबाट ग्रसित भएर बहुल जातीय बहुल राष्ट्रिय समाजलाई एकिकृतका महानवाणी फैलाउने काम देश बाहिर बसेपनि विविधतालाई चिनाउने सट्टा एकताको नाममा थिचो मिचो गर्नमा एक समूह अझै पनि प्रेरित देखिन्छ । यही एन. आर. एन.का दुष्प्रयाश हो लगानीको काममा गरेको सत्प्रयास ।

सन २००५ देखि गैआनेसम्मेलन धुमधामका साथ आयोजना गरेर २०१० साल सम्ममा गैआने परिचय पत्र दिलाउने निधो मात्र होइन दोहोरो नागरिकता समेत दिने आश्वासन पाई सकेका छन्। तर राजनैतिक रुपमा भने सकृय हुन नपाउने प्रावधान राखेर अंकुसी त राखेकै छ । “पैसा ल्याउ हामी तिमीहरुलाई नागरिकता दिन्छौ” भन्ने महानवाणीको सदुपयोग गर्नु खोजेको मात्र त होइन ? आफ्नो भलो चाहने नेताहरु चुन्न नपाइने अधिकार संचय गरेर पाइने नागरिकता दिलाएर गैआनेको सम्मान गरेको ठहरिने छैन ।

यहि गैहानेका बखान सुनाउनेहरु माझ सन २००७ देखि नयाँ अभियान थालेका छ । त्यो हो “डियास्पोरा साहित्य” । हरेक गैआने सम्मेलनमा कोठे गोष्ठी गरेर उब्जेको साहित्यले अब “डियास्पोरा” नेपाली साहित्य अथवा डिनेसाको जन्म अनेसासले दिएका छन्। छिमेकी मुलुकहरुमा फष्टाएको साहित्यलाई अटाउन नसकने गैआनेहरुलाई पन्छाएर ल्भउबष् िम्ष्बकउयचब को विकुल फुक्न थालेका छन्यसका अनुयायीहरुको परिधिभित्र । साँचो अर्थमा भन्ने हो भने नेपालीहरुको म्ष्बकउयचब समाजको निमार्ण नै भएको छैन भने नेपाली डियास्पोरा साहित्य कसरी प्रादुर्भाव हुन सक्छ ? यो त नयाँ पिंडीलाई उल्टो रुख चढने तालिम दिएको त होइन ? यो विचारनीय विषय भएको छ ।

हालै (२०११) सम्पन्न भएको अनेसासको केन्द्रिय समितिको पदाधिकारीहरुको चुनावको अभियानमा यसका कार्यकर्ताहरु माझ निकै पटक पत्राचार भएको थियो । खाडी क्षेत्रको एक होनहार नवयुवकले मैले सोधेको डायस्पोराको अर्थ के हो भन्ने प्रश्नमा आफूले जानेका कुरा नलेखि सिधै डा. खगेन्द्र लुईटेल द्वारा लिखित समकालीन नेपाली साहित्य संग्रह अन्तर्गत “नेपाली साहित्यमा डायस्पोराको योगदान” शिर्षकको सिंगै लेख केहि मिनेट पछि नै अग्रिम प्रक्षेपण गरेर आफू स्वयम डायस्पोरा साहित्यबाट अनभिज्ञ रहेको दृष्टान्त प्रस्तुत गरी, अभियान कर्ताहरुलाई नै लज्जित तुल्याए । डायस्पोराको सहि अर्थ के हो भन्ने कुराको सिलसिलामा यहुदिहरुको प्रसंग जोडेर एकल जातीका मूल थलो बाट विस्थापित जिवन विताएकाहरुलाई संकेत गरिएको छ । तर नेपालका जनता माझ कुनै द्वण्ड, त्रास, भय संकुचित विचारधाराबाट प्रभावित भएर विदेशिएका होइनन् । स्वइच्छा आकांक्षाबाट उत्प्रेरित भएर विदेशीएका हुन् । त्यसैले डा. लुईटेलको भनाई अनुसार नेपाली डायस्पोरा एउटा अपरिपक्वतामा परिभाषित कपोलकल्पित सिध्दान्तलाई गैआनेको सहारामा लम्केको सिध्दान्तहीन परिपाटी मात्र हो। सोहि डा. लुईटेलको भनाई अनुसार डायस्पोरा भित्रको साहित्यमा निम्न लिखित विषय बस्तुको समावेश हुनु अत्यन्त जरुरी छ । “असुरक्षा, भय, संत्रास, मानसिक पीडा, अपरिचय, बिरानापन वा पराईपन आदिका साथै मातृ भूमि, आफन्त जनको सम्झना कर्मलाई धिकार्ने प्रवृति लगायत अनेक प्रकारको पीडा बोधमय हुनुपर्छ । यस्तै यस्तै भावना वा विचाहरु डायस्पोरिक साहित्यमा अभिव्यक्त भएका हुन्छन ्।” अतः डाक्टर साहेब लुईटेल जोरदारका साथ यसरी कहालिएको पाइन्छ “नेपाली परिप्रेक्षमा हेर्दा विदेशमा गएका बेला वा नगएको बेला पनि स्वदेशका बारेमा लेखिएको साहित्यलाई डायस्पोरा भन्ने गरेको पाइन्छ वास्तवमा डायस्पोरा साहित्य भनेको यस्तो होइन ।”

यति विघ्न स्पष्टरुपमा लेखेको छँदा छँदै लह लह मै डायस्पोरा डायस्पोराको नारा लगाएर अनेसासले जनमानसमा भ्रम फैलाउन खोजेको थाहा नपाएरै डायस्पोरा एवार्ड स्थापना गरियो “नृपध्वज कार्कीको स्मृति”मा । अनि पहिलो पुरस्कार चाहिं स्वयंले होमजीले पाए । अरुलाई दिनुपर्ने पुरस्कार आफैे सोहरे डायस्पोरको नाममा बटृ्ले । दोस्रो चाहि रशियाका श्री कृष्णप्रकाश श्रेष्ठलाई दिइयो । तर कुन आधारमा दिइयो स्पष्ट छैन साहित्यिक कृतिमा हो कि योगदान वापत हो ? दुवै पुरस्कार विजेताहरुमा डायस्पोराको भकानो फुकाएको देखिदैन केवल लहलहमै नृपध्वजको गुण होस आत्मशान्तिको निम्ती दिइएको जस्तो छ । सैध्दान्तिक डायस्पोराको अनुशरण गरेर दिएको होइन भन्न सकिन्छ , डा. लुइटेलकै परिभाषा अनुसार पनि । त्यसैले यी दुवै बिजेताले भविष्यका चम्किला ताराहरुले सच्चा सम्मान पाइयोस भन्ने हेतुले स्वइच्छा सहित पुरस्कार फिर्ता दिइएमा वहाँहरुले दिंदै आएको चोखो साहित्यिक सेवाको अझ कदर हुन जानेछ भविष्यका स्रष्टाहरुलाई सन्मान गर्ने राम्रो परिपाटी बसालियोस् “तं रोहे जस्तो गर्नु मैले कुटे जस्तो गर्छु” खालका परिपाटीबाट प्रभावित नहोस । यो मेरो विनम्र अनुरोध हो ।

त्यसैले नेपाल होराइजन, विश्वपरिक्रम अनेसास जस्ता विशुद्ध संस्थाले एक भाषा कीर्तिलाई धावा दिने अभिप्राय बोकेकाहरुको कपोलकल्पित डायस्पोरा अभियानमा हामी सबैको ध्यान जानु अत्यन्त आवश्यक छ । अन्तमा, पाठक बृन्द नेपाली शब्दको प्रयोगमा चाहिंदा भन्दा बढी क्षेत्रमा नलत्याइयोस । जहां नेपाली त्यहां समावेसी गनिनु अत्यन्त जरुरी छ । नेपाली डायस्पोरा अन्तरगत, एक भाषा साहित्यको मात्र गुणगाण गाउनु भनेको मानव अधिकार विरुद्धको अभियान होइन भन्न सकिंदैन । त्यसकारण कपोलकल्पित डायस्पोको प्रचार, प्रसार, एउटा गलत अभियान हो यस्को रोकथाम हुनु नै विधिको विडम्वनाबाट हामी सबैलाई बचाउंनु हो ।

अस्तु

(लेखक ओरेगन राज्यका चर्चित समाजसेवी, भाषाविद्, साहित्यकार, सम्पादक तथा भाषा प्रशिक्षक हुनुहुन्छ।)

दया शाक्य
ओरेगन सं.रा.अ.

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.