~अमृत सिङ थिङ~
सादा तस्बिरमा रङ्गीन
आँखा खोज्ने तिमीलाई
कसरी भनु अन्धको
तस्बिर भनेर
सागरमा डुबेर मोती
बटुल्ने तिम्रो चाहाना
सकेनौं पौडिन अाँखाको
नानी बनेर
तिम्रो जस्तै मेरो मनमा
चाहानाको भण्डार छ
सम्झाउ म कसरी
भर्दै गयो बढ्दै जान्छ
बाचुन्जेली रङ्गहरु
बटुल्दै गर तिमी
घाटमा पखाल्दा
पानी सँग बग्दै जान्छ
पखालेको रङ्गहरुमा
रमाउलान् माछाको
हजारौं सन्तानहरु
अनि आउलान्
बकुल्ला बथानहरु
रङ रहेन तस्बिर पनि
इच्छा डुब्यो मोति पनि ।।।।
अमृत सिङ थिङ
हाल : मलेसिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )