कविता : समय

~आविष्कार कला~

देशको खबर
वर्तमानको\विगतका
एउटै छ बेहाल
जनताको पीडा मनमा
समाधानका विकल्प
सपना र कल्पनामा
समय उत्तर
हो कि
शासकको व्यवस्था ?
सदैव बन्धन
जनतालाई स्वच्छ अक्सिजन
होइन
केवल स्वास फेर्न
बाँच्नका लागि
पहिलो पटक
बाँच्न पाए
मुक्तिको बाटो आफै सोच्छु
अनि परिर्वतन सोच्छ प्राणवायु
चल्छ
विश्वभर क्रन्तिको आँधी
बस्ने थात छैन
मसानघाट जलाउने
ठाँउ हो चिता
बाच्नका खातिर
जल जमिन किन्ने ?
पृथ्वीको उपहार
सबको समान सरोकार
व्यवस्थाका खातिर
जुट है मुठी कसी
हावा लिइ बाँच्न र बचाउन
विश्व र जनतालाई

– रसपुरकोट –७ प्यूठान

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ५ – Dec. 12, 2012 – २०६८ मंसिर २७ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.