~समीर पाख्रिन~
दर्केपानी गाउँपालिकामा पनि चुनावको आगमनले निकै चहलपहल बढेको थियो । हिजोसम्म बा¥हमासे खेलेर दिन काटने लाठेहरू विभिन्न दलमा आबद्ध भई चुनावप्रचार–प्रसारमा लागेका थिए । हुन पनि बिहानको नास्तालगायत दिउँसो–बेलुकी मासुभात खान र टिल्ल मात्न पाएपछि अरू के चाहियो ? चुनाव नजिकिंदै जाँदा विभिन्न दलका नेता–कार्यकर्ताहरू बेला–कुबेला घर दैलोमा आएर भोट माग्न थालेका थिए भने कोही चाहिं हातमा लाठो बोकेर खबरदार भोट हाल्न जाने होइन भन्दै तर्साउन आउने गरेका थिए । कतिपय त गोठमा गयो गोठैमैं पुग्ने, खेतबारीमा गयो खेतबारीमैं पुगेर भोट माग्ने गरेकाले होला मतदाताहरू आजित भएका थिए।
एकदिनको कुरा, सोही गाउँपालिकाका बुज्रुक गोलेजेठा आँगनमा बसेर चिया पिउँदै थिए । गाउँपालिकाका अध्यक्षको युवा प्रत्यासी विकासप्रेमी आप्mनो दलबलसहित आँगनमा देखा परे । अनि गोलेजेठालाई बढो आदरका साथ हात जोडेर भने –“नमस्ते गोले आसे, तपाईंलाई त थाहा नै छ । म यो दर्केपानी गाउँपालिकाको अध्यक्ष पदका लागि चुनाव लडदै छु । मेरो चिह्न मोबाइल हो । आसेगाउँको बुज्रुक होइसिन्छ । हजूरको भोट त मेरै मोबाइलमा खस्नुपर्छ है । मोबाइलमा छाप लगाएर यो विकासप्रेमीलाई विजयी गराउनुहोला ।”
“मोबाइलचिन्ह त भन्यौ बा तर आपूm त मोबाइल नबोक्ने परियो । सम्झना पो रहला कि नरहला । ठीकै छ अरू पनि आउँदै छन् । हेरौं, विचार गरौं”–गोले जेठाले प्रत्याशीतिर हेरेर भने ।
“त्यसो हो भने आसेबालाई म एउटा नयाँ मोबाइल टक्र्याउँला नि १ यसो कुराकानी गर्नु पनि सजिलो । मेरो चुनाव चिह्न भनेर सम्झने र अरूलाई पनि सम्झाउन सजिलो हुने । हुन्न र आसेबा ?”
“अब के भन्ने मैले ? बाबुको विचार ।”–बुढाले भने । प्रत्याशीले दलबलसहित आँगनबाट प्रस्थान ग¥यो । बूढाले मलेसियामा रहेको छोरोलाई एउटा मोबाइल पठाइदे न बाबु भनेको पनि दुई वर्ष बितिसकेको थियो । तर बूढाको हातमा मोबाइल परेको थिएन । नयाँ मोबाइल पाउने भएपछि बूढा गद्गद् भए । नभन्दै दोस्रो दिन विकासप्रेमी नामको उम्मेदवार आएर बूढालाई एक सेट मोबाइल दिएर गए । विकास गएलगत्तै उनको प्रतिस्पर्धी अध्यक्ष पदका अर्का उम्मेदवार विलासी सेवक ङिच्च हाँस्दै आँगनमा देखा परे । उनले पनि विकासकै भाषा शैलीमा बूढासँग भोट मागे । उनको चिन्ह चाहिं हाते घडी थियो । बूढाले भने – “बाबू, चिह्न त हाते घडी राखेछौ तर मैले त अहिलेसम्म नाडीमा घडीसमेत बाँधेको छैन । भोट खसाल्ने दिनसम्म बाबूको चुनाव चिह्न याद रहने हो कि होइन ?” गोले जेठाको जवाफ सुनेपछि विलासी सेवकले हातको पर्चा दिंदैं भने– “यहाँ पर्चा छ निआसे । बेला बेलामा हेर्दै गर्नुहोला ।” अहिले भने गोले जेठाले प्रत्याशीको हातको महँगो घडीतिर लोभलाग्दो दृष्टिले हेरे अनि भने –“यस्तो पर्चा त दिनदिनै कति आउँछ–आउँछ । क–कसको पर्चा हेर्ने बाबू ? घडी भए त बेलाबेलामा समय हेरिन्छ । अनि न सम्झना रहन्छ, घडी चिह्नमा भोट हाल्नुपर्छ भनेर । हो कि होइन भन्नुहोस् त बाबू ?” प्रत्याशी केही बेर घोरिएपछि अन्त्यमा आप्mनो नाडी घडी फुकालेर बूढालाई दिंदैं भने – “लिनोस् आसेबा, तपाईं यही घडी बाँध्नुहोस् । मेरो चुनाव चिह्न याद राख्नोस् । अरूलाई पनि भोट हाल्न भनीदिनुहोला । अँ हिंड् केटाहरू १ यति भनी अध्यक्षपदका अर्का उम्मेदवार विलासी सेवक पनि बूढाको आँगनबाट ओझेल भए । महँगो राडो घडी भेट्टाएपछि त झन् बूढाको खुशीको सीमा रहेन । बूढाले आप्mनो भोट घडी चिह्नमा नै हाल्ने मनमनै प्रतिज्ञा ग¥यो ।”
चुनावको दिन थियो । गोलेजेठा खल्तीमा मोबाइल र हातमा राडो घडी बाँधेर मतदान गर्न घरबाट निस्किए । स्थानीय विद्यालयको आँगनमा बिहानैदेखि मतदाताहरू लामबद्ध भएर मतदान गरिरहेका थिए । आधाघण्टा जति लाइनमा उभिएपछि गोलेजेठाको पालो आयो । आप्mनो परिचयपत्र देखाएर उनले मतपत्र लिए अनि छाप लगाउन छिरे । पहिले त गोलेजेठा चुनाव चिह्नको सूची देखेर आत्तिए । यत्तिका धेरै चुनाव चिन्हमा अब मैले घडी चिह्न कहाँ खोज्ने ? गोले जेठा हातमा मतपत्र लिएर केही क्षण गनगनिए । राम्ररी हेर्दै जाँदा उनले चुनाव चिह्न घडी र मोबाइल सँगसँगै देखे । मोबाइल र घडीमध्ये एउटामा छाप हान्नुपर्ने तर बूढाले एकजनालाई मात्र भोट दिंदा बेइमानी हुने भन्ठानी पहिले घडीमा र त्यसपछि ठीक मुन्तिरको मोबाइल चिह्नमा छाप हाने अनि घरतिर लागे । –वीरगंज, पर्सा
– वीरगंज, पर्सा
(स्रोत : प्रतीक दैनिक पत्रिका)