~कुन्दन काफ्ले~
मरी–मरी बाँच्नु पर्ने कस्तो रहेछ कर्म मेरो
घरी–घरी नाच्नु पर्ने कस्तो रहेछ शर्म मेरो
सँधैभरी ढाँट्नु पर्ने कस्तो रहेछ धर्म मेरो
परी–परी साँच्नु पर्ने कस्तो रहेछ मर्म मेरो
बाध्यतामा मान्छेले त, जे सुकै नि गर्नु पर्ने
जन्मेपछी जीवनमा, जे गरे नि मर्नु पर्ने
नगरेको कसूरको नि, क्षतिपूर्ती भर्नू पर्ने
आफ्नो पीडा थाति राखी, पराई दुखः हर्नु पर्ने
चोट लाग्दा, मन दुख्ता, पीडा लुकाई हाँस्नु पर्ने
नारकीय जीवन बाँची, अपजसको पर्चा टाँस्नु पर्ने
भोक, निन्द, प्यास दबाइर्, चयन सबै नास्नु पर्ने
अज्ञानताको शीकार भइर्, आफ्नै रहर मास्नु पर्ने
यो जन्मेको रोष हैन, पूर्व जन्मलाई दोष छैन ।
भइरहेकोमा रोक छैन, मलाई कुनै होस छैन ।
कोमल यो मनलाई थेग्ने आड कुनै ठोस छैन ।
आफ्ना लागि बाँच्ने अब उत्साह र जोस छैन ।
००
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )