कविता : हाम्रा नेता र नेल्सन मन्डेला

~सञ्जय संयोग~

हामीले त नेल्सन मन्डेलालाई
राम्ररी जानेका छौं
संविधानभन्दा सत्ता ठूलो
यो कुरा मानेका छौं

जनता–जनताबीच समानताका
लागि बसे उनी जेल
हामी त आफ्नो गोजी भर्नका लागि
खेलिरहेछौं फोहरी खेल

मन्डेला त राष्ट्रपति बने
सबैलाई समान अधिकार दिलाउनलाई
जितेर हामी आयौं संविधानसभा
अकूत धनमाल कमाउनलाई

नेल्सन मन्डेलाको कामले
उनलाई महामानव बनायो
गरेको काम हेरी हामीलाई
जिउादै दानव बनायो

मन्डेलाको मृत्युले
संसारभरि शोक छायो
यस्ता नेताहरु हाम्रो नेपालले
कहााबाट पायो

छैन सोच्ने क्षमता
न त निस्वार्थ काम छ
सुशील, झलनाथ, प्रचण्ड
वैद्य जसको नाम छ ।

–झौवागुठी, पर्सा

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.