कविता : प्रभु !

~निर्मोही व्यास~Nirmohi Vyas

गोटी षड्यन्त्रका चाहे जति चालिसियोस् प्रभु !
खसी घोर्ले, सिसी झिल्के जति ढालिसियोस् प्रभु !

घाम-जून हजूरैका हुने पेवा गए दिन
नौ लाख पिल्पिले तारा जति बालिसियोस् प्रभु !

सेतो पार्न त गाह्रै छ ‘कालो धन’ मरे पनि
‘पुरस्कार’ भनी चारो जति फालिसियोस् प्रभु !

चल्दैन अब क्यै दैया सत्यलाई दबाउन
अल्सेसियन मापाका जति पालिसियोस् प्रभु !

विद्रोही ‘व्यास’ लाई यो किन खोज्नु फकाउन ?
आफ्नोे विवेकको भ्वाङ बरु टालिसियोस् प्रभु !

(स्रोत : ‘बोधिवृक्षको छायामा’, कविता–सङ्ग्रह—२०६९ – पृष्ठ ६४)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.