कविता : अप्रिल फुल

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

अप्रिल फुल आज मात्र होइन
हरेक दिन हामी ढांटिएका हुन्छौ
पलपल हामी छलकपटको शिकार हुन्छौं
हामी माथि झुठका खेती गरिएको हुन्छ
सदियौं देखि हाम्रो भावना माथि खेलिएको हुन्छ
यहि एउटा प्रचलन वसेको छ
हामीलाई पटकपटक निस्सासिने वनाएको हुन्छ
निस्सासिएर वाँच्न वाध्य पारिएको छ
हामीलाई थाहा छ
तर पनि हामी आजैको दिन
अप्रिल फुल मनाइरहेका हुन्छौं
हामी झुक्काइएकाहरु नै
आफु जस्तै अरु झुक्किएकाहरुलाई
मुर्ख वनाइरहेका हुन्छौं ।
हामीलाई मुर्ख वनाउनेहरुलाई
हामीलाई अप्रिल फुलको
धारावाहिक श्रृंखलाका पात्र बनाउनेहरुलाई
हामी आप्mनो अलिकति स्वार्थ पुरा गर्नमा
सिमित रहेर विर्सिदिने गछौं
आफु पिडित भएर पनि
दोषीहरुलाई सजाय होइन अझ प्रोत्साहित गछौं
स्वार्थले भरिएको अदालतको कठघरामा
आफुले पिडा दिइएकाहरुको विरुद्धमा
चुंइक्क पनि बयान दिन सक्तैनौं
बयान दिन उपस्थित हुंदैनौं÷ मान्दैनौं
दोषीहरु निदोर्ष ठहर हुन्छन्
त्यहाँ अझ अर्को ठुलो अप्रिल फुल मनाइन्छ ।
र, हामी दोेषीलाई निर्दोष वनाएर
निरिहहरुलाई पटक पटक मुर्ख वनाइरहेको बेला
अप्रिल फुल मनाइरहेका हुन्छौं ।

(१ अप्रिल २०१३, फार्नवोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.