~अमृत सिङ थिङ~
छोरी ! तिम्रो बाबा , बाबा रहेन अचेल
मामा, काका, दाजु ,भाइ
जो जो छन् तिम्रो वरिपरि
तिम्रो रक्षक रहेन अचेल
तिमी छोरी हुनुको दुश्मन हुन्
तिमी नारी हुनुको शत्रु हुन्
छोरी! तिमी पालुवा हौ झाँगिनु पाउनु पर्छ
कोपिला हौं फुल्न पाउनु पर्छ
लाखौं छोरीहरु बचाउनु छ
लाखौं नारीहरु बचाउनु छ
मत्थर पार्नु छ किङ कोब्राहरु
कहिल्यै नडस्ने गरि
थिल थिल गलाउनु छ रक्ती दन्तहरु
कहिल्यै नटोक्ने गरि
बिहानीको पारीलो घाम होइन
चिट चिट पसिना चुहाउने राप बन्नुपर्छ
निर्दयी कमजोरी आम नारी होइन
हजारौं छाती चिर्न सक्ने काली मा बन्नु पर्छ
तिमीले फोर्नु छ ती गिद्धे आखाहरु
कहिल्यै नदेख्ने गरि
अनि खोल्नु छ सिलाएको टाकाहरु
फेरि नच्यात्ने गरि
आमासँग सिक रक्षक कवजहरु हजुर आमासँग सिक
आफन्ती भक्षकहरु ।।
अमृत सिङ थिङ
हाल : मलेसिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )