~दीपक कुमार ज्ञवाली~
राजनीति नै सकल ठान्ने कस्तो दम्भी बिचार ।
आफ्नै घरभित्र अर्काे घरबनाई रमाऊने जमात ।
कसरी हुन्छ सुदृढ देशमा छन् मत भिन्न अनेक ।
यस्तोमा देखिएन सवल नेतृत्व राष्ट्रपिता समान ।
आफैलाई चाहिने राज्यका पद प्रतिष्ठा सम्मान ।
आफ्नैलाई राज्यका सुखसयल देखाऊन रवाफ ।
रजका कणकण मिली बनेका ति साहसी जमात ।
फाट्ने छ मन प्याट्ट प्याट्ट गरदै नगर है विभेद ।
कोहीले बोकेका हुन् आ“सी गैती कोदाली र फोरुवा ।
कोहीले बोकेका हुन् प्रजातन्त्रका सिद्धान्त र निष्ठा ।
कोहीले बोके म्याक्सिम गोर्किका आमा भन्ने किताब ।
कोहीले बोके जनताको लागि अब जनताकै सरकार ।
कोही बसे जेलमा खप्दै यातना हातखुट्टामा लाएर नेल ।
कोहीले थापे गोली छातिमा कति हान्नसक्छस् लौ हान ।
कति बगे भल भल सहिदका रातो रगत यो मुलुकमा ।
तिनैका उत्सर्गले चलेको छ हालीमुहाली र कमान ।
देशै बिधुवा हुने देशभक्त राजनीतिक योद्धा मरदा ।
बारम्वार चिन्तित हुने , देश जनताका समस्यामा ।
ठाडोशीर गरेर बोल्न सकने छलकपट नराखी मनमा ।
किन खोजीनीति हु“दैन वारम्वार आफ्नै सरकार बनदा ।
तिम्रोे जत्ति हक छ यो मुलुकमा मेरो पनि छ समान ।
राष्ट्रघाती कामले अपमान देश, जनता , सहिदमा ।
बारम्वार देशको ढुकुटी दोहनले अबिश्वास नेतृत्वमा ।
सयौं हात्ति पाल्नु पर्ने भए हात्ति नै नराख्ने कि देशमा ?
ब्याज कत्ति हो त्याग तपस्या प्रजातन्त्रको बलीदानीमा ।
एक वर्षको बिकासे वजेट बाँडीदींऊ मmै लाग्छ मनमा ।
यत्ति गरेप्रजातन्त्रको ऋणबाट मुक्त भइन्छ यो जुनीमा
उप्रान्त रातो पैसापनि खान नदिऊँ कुनै वहानामा ।
सत्ता नपाउँदा तडपीने तातो कराहीकोे माछा मmंै ।
सत्ता प्राप्ति पश्चात खोज्न नपरने अन्त गई दुश्मन ।
धारेहात लगाउँदे एकले अर्काेलाई भन्ने त“ होस् दुष्मन ।
यस्तो राजनीतिकर्मीका चरित्रले रहला देश अक्षुण ?
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )