~जे. एन. दाहाल~
एउटा बन्द कोठामा
उस्तै आँखा,नाक र कान भएको
सेतो रुन्चे रुमाल
झुण्डी रहेछ भित्तामा
विचल्लीत भएर एक्लै
खै,कुन ईतिहासको खण्ड देखी !
आज
म त्यसैको अनुहार पढी रहेछु
एउटा नमिठो व्यङ्ग्य कस्तै
लेखीएको छ अनुहारमा
“रुन्चे रुमाल”
यि शब्दहरुले दैनिक गिज्याउँदैछ
उसैको मालीकलाई
जसले मिल्कायो पssर
दोबाटोमा ।
यस्तै सम्झदै ..
म कोठा फर्कन्छु त्यस साँझ
आँधेरीले झन सताउँछ र
आँखा मिच्तै अर्को विहानी
फेरी त्यहाँ पुगेर
सतर्क साथ म प्रवेस गर्छु
रुमाल अझै झुण्डी रहेको छ
एक्लो पनको महसुस गर्दै
म सोच्छु,दैनीक रुन्चे अनुहार पारेर
अझै अरू कत्ती दिन झुण्डीनु पर्ने छ त्यसले ।
जे एन दाहाल
हेरिस्वर्ग, पेन्सिलभेनिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )