बहरवद्ध गजल : नदिमा बगाउँ

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

छन्द : ईन्द्रबज्रा

पारेर पोको नदिमा बगाउँ
लाग्दैछ आफै कि रसी लगाउँ

पालेर राखेँ तर झन् पिडा भो
फालेर जीवन् अति दूर् भगाउँ

यो के भयो खै मन थीर छैन
लाग्दैछ साच्चै बिषले अगाउँ

बैकुण्ठ माथी म त लाग्छ जाउँ
त्यो मृत्युलाई पनि मै सगाउँ

यो जिन्दगानी अभिश्राप भा’छ
मारेर फाल्ने भन के मगाउँ ???

छन्द : ईन्द्रबज्रा ११ अक्षर ५ मा बिश्राम
लेखन २०७४।०९।१२ रोज ४
इलामेली टीकाराम दुलाल
नक्साल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.