कथा : ज्वानौसँग जात्रा

~जीवन डाँगी~

लेकाली गाउँ छाडेर हिडेको बर्षौ भयो । गाउँ पुग्दा थाहा पाए, मै संग मुग्लान लागेकाहरु छुट्टी आई, फेरि फर्किए छन । ४ बर्ष पछि मुकाम, गुराँस बजारबाट गाउँमा पाईला टेग्दा, नौलोपन महसुस भयो ।

गाउँमा घर जति जम्मै हरिया भएको सचिब काकाले, गुराँस बजार पुग्दा भनेका थिए । गाउँ सप्रिएको रहेछ । जम्मैका घरहरु एकैनासे देखिने । धेरै पछि जन्मथलो आउदा, बिदेशी भन्दा कम नाउरो लाग्या छैन । गुराँस बजारबाट, गाउँ आउन – जान दिनैभरी हरेपछि सकिन्छ ।

दबसे खोलाको उकालो लाग्दा स्याउला खेर्न आएकी, तल्लो घरकी साईली सान्जे बाटैमा भेटिईन । उनी संगै रामकला पनि आएकी रहेछे । “सान्जेई हात ल्याउ ढोग्छु” मैले भने –उनी अल्मलिएर, मुखैभरि एकोहोरो हेरिन । साथैमा रहेकी रामकला अझै अकमक्कै परि ।

अनौठो मान्दै “अरे.. अरे..जिते – बाँबै नि त घर आईस् । रामकला पनि चिनिछे – “नमस्ते जिते दाई । कति नाउरो हुनुभाको, हेर तो जेई जिते दाई” ।

अरु गफ नगरिकन सान्जे र कान्सीलाई बस्न भने । सबेरै मुकामबाट बाटो लागेपनि गाउँ नजिकै पुग्दा बिस्तारै थकान मेटिदै थियो । मा–छोरीले मका र भाङगो हाल्या खाजा ल्याएका रहेछन । खाना भने । सान्जे हाँस्दै बिहेपनि गरिकी भनेर सोधीन । छैन – भन्र्दै बिहेको कुरा टारे ।

खाजा खादै “बजार पुगेपछि के याद गरिस् होला र, गाउँको – सान्जे सोधिन ? त्योता हो जेई, धेरै बर्ष भयो आउने होईन – रामकला थपि ।

एकै छिन अलमल परे । “अँ…सान्जे गाउँ आउन निकै गाह्रो पर्दो रहेछ तर पनि तिमिहरुलाई सम्झेकै हुन्छु” । “उता गुराँस बजारमा अलिकति छाक टार्ने मेसो गर्‍याउछु । चट्टकै छाडेर यता आउ भने खाने बाटै बन्द हुने, के गरु तो मन हुन्छ” । “तर ट्याम मिल्दैन” ।

अँ.. तेरो काकाले भन्थे, जिते त गाउँ छोरेर ठुलै मान्स भ्याउ छ रे । नाउरो गरिस जेठा, तर घर भने नर्बिएस – लामो सास फेर्दै साईली सान्जे थपिन – “मनोज्या त काम नलाग्ने भयो । जाँड पनि खान्छ रे, चुरोट पनि खान्छ रे, घर पनि बस्दैन । तेरा काका पनि बिरामी भैरह्न्छन् । पैँसा पनि कमाउदैन, उसका बाँ थला पर्‍या धेरै भयो । केहि मान्छ भने भनेस । तेरो त मिल्न दौतरी हो” ।

“हुन्छ सान्जेई : म मनोजलाई भनुला । कसो नमान्ला र ? अब त बुद्धिपनि आउने बेला भयो । मैले भनेपछि मान्र्ला ऐ” – यसो भने ।

… … …

साँझ लाग्दै थ्यो । यतिमै गफ थन्काउदै, घरमा आउछु भनी सान्जे र रामकला बाट छुटिए । संगैको ज्वानौ मनोज र लोती गाउँमै छन । लाले बिदामा आएरपनि मलेसिया पुग्यो । बिष्णु कतारबाट भोलीनै घर आउछ रे । यीनीहरु कुनै बेलाका प्रण हुन । एकै छिन नभेटिए, घर–घरमा गएर बोलाउथीम र जम्मा भई डाडाँ गएर क्यारेम बोर्ड खेल्ने, आज कोहि कता, कोहि कता छम् । बाल्यकालका ज्वानौहरु संग मास्तै बर्षपछि भेट्ने अबसर मिल्दै छ ।

मनोज, लोती, बिष्णु, म अब केहि दिनमै जोडिने छौ । धोबीगाउँको मेला नगएको पनि बषौ भएछ । गाउँमा धेरैले पुजाँ लाएछन्, बिहे पनि गरेछन । घर–घरमा मेदी देख्छु । धेरैले पुराना दिन, देखाउदै बिहेका कुरा गर्दा पनि सुनेको छैन । एकदिन त सुन्नै पर्ला ।

… … …

घरमा पुग्दा, जेई दाउरा लिन कटेरी आएकी रहेछिन । देख्न बितिकै चिनिन । “काले आईस त ? खुसि हुदै सोधिन । अँ… आए” मैले भने ।

बर्षौ पछि आमाको काले घरमा आउदा जेईको खुसिमा दम छ । हात माग्दै – जेईको हातमा ढोग गरे । म लेकाली गाउँ छोड्दा – दुबलो थिए । मोटो भएको पनि जेई सुनाईन, कालो मान्स, बजार गएपछि अलि सेतो भएको हाँस्दै भनिन । मलाई काले – काले भनेर बोलाउने पनि जेई हुन । ठुलो हुदै जादा, गाउँका जम्मैले काले भन्थे । घरमा आएर मेरो नाउ किन बिगारेको भन्दै झगडा गरेको सम्झीए । आखिर आमाको उपमा के पाए, धेरै धेरै आर्शिबाद पाए । गाउँलेले चिन्ने काले नाउ पाए ।

मैले भने । बाँ खैतो जेई, घरमै छन् कि डुल्न गाँछन् ?

जेई ः राम्या बाँ–का घरमा बाख्राको, पाठा हेर्न गाछन् । तेरा बाँले बाख्रा खेर्ने भन्दा अरु, के जान्या छन र ?

बाँ । म सानै छदा देखि नै बाख्राको ब्यापार गर्‍थे । गाउँमा बस्दा पेशा उस्तै गछन् । फुर्सद हुदैन । कुदेका–कुदेई ।

म गाउँ आएको थाहा पाएपछि मनोज्या कुद्दै आयो । पक्कै साईली सान्जे र रामकलाले भने होलान ।

जित्याँ … । अ जित्याँ…गाउँभरी हल्ली खल्ली गर्दै भान्सामै आयो । “बड्डा क्या छ तेरो हालचाल” मैले सोधे । आफु नाउरो भएको बतायो । गाउँमा काम नभएको सुनायो । लाले, बिष्णन्या बिदेश गएर प्रगति गरेको बखान गर्न समेत भ्यायो ।

लालेले मलेसियाबाट ल्याईदिएको, बिदेशी घडी हातैमा लाको रहेछ । त्यो पनि देखायो । केहिदिनमै बिष्णु पनि आउछ । उबाट पनि आशा छ । केहि बिदेशी चिनो आउनेमा ।

बाँ पनि आए । खाना खाने बेला भयो । जेईले ठारी खेतको चामल र सिन्की पकाकी रहेछिन । उबेला मैले रोटी खान्न थे । बासी भएनी भातै खान्थे । जेईलाई थाहा छ, मैले मन पराउने भनेको भात र सिन्की हो ।

खानै लाग्दा, मनोज्या सोध्यो – “खै तिहारमा पनि आईनस्” । न परार साल आईस्, न पोहोर, न यो साल । आखाँमा टिलपिल आँसुका ढिका झार्दै, जेई थपिन – “के गर्ने मनोज्या घरमा कोहि भए पो आउला, को छ र यसको यहाँ” ।

अलमल परे । मुखमै लिएको भातको गास पनि रोकियो । केहि भन्न सकिन । जेई कतिबेला मौका पर्ला र भनौला भन्ने सोचेकी रहेछिन् । सानोमा काम बिराउदा जेई पिट्दा शरिर दुखथ्यो । आज जेईको एक शब्दले मन चस्कीयो । न बोल्नु, न भातै छाडेर हिड्नु । गल्ती सम्झीए, अनेकल पिडाको भारीबाट बजार जान लायक बनाएकी, मेरी जेईलाई यती भन्न छुट थियो । बाँ – पनि गनगन गर्दै, मै लक्षित कडा कडा शब्दहरु प्रहार गरिरहेका थिए ।

मनोज मै तिर हेर्दै भात चपाई रहेको थियो । पोखरीको पानी झै मेरा नयनमा आँसु खेरिएका थिए । बस अब कोहि छेउबाटै प्वाँल पार्ने चाहिएको थियो । त्यो पनि मनोज्या पुरा गरिदियो । जसो तसो हतार–हतारमा भात चलाउदै, निस्कीए । “भात त थप गुराँस बजारबाट आईस, भोक धेरै लाग्यो होला” – जेई सोधिन । आँखाका आँसु र नाकको सिगान लुगाउर्दै भने – “भयो खाँन्न, अघि दबसे खोलामा साईली सान्जेई भेटिन । खाजा पनि खाँथे” ।

बाँहिर निस्कीए । झ्याउ किरीको आवाजले, गाउँ भरि हल्ली खल्ली मच्चीएको थियो । भित्र जान मन मानेन । मनोज्यालाई यतै बोलाए । बाँ र जेई, म संग अझै कुरा गर्न चाहान्थे । उनीहरुको भाब बुझे । तर उनीहरुका सामु पट्टकै दिल खोलेर बोल्न सक्ने अबस्थामा छैन । मनोज आयो । हामी – मेरो पुनारो कोठा तिर लाग्यौ ।

कोठाको छेउमै पुगेपछि झल्लक सम्झीए । ढोकामा कसैको नाम थियो । अझै पनि उस्तै देखिन्छ । ४ बर्षपछि उसैलाई र उनै दिनलाई याद गरे ।

… … …

पानीको झरी आयो । गाउँका बारीमा मकै कुटाउने चल्ती थियो । मैले गाउँकै शिक्षा माबिमा पढ्थे । शुक्रबारको समय रुझ्दै–रुझ्दै, जसो तसो घर सम्म आईपुगे । मेरो बारीमा केहि मान्स मकै कुटाई रहेका थिए । संगै पहिलो र दोस्रो घण्टी पढेकी मैना, आज मेरै बारीमा देखे । तीन घण्टी पढ्दा, भागेर आएकी मैना मकै कुटाउदै थि ।

उसको घर, लेकाली गाउँबाट ४ घण्टा हिडेपछि पुगिन्छ । रुने गाउँमा आठ कक्षा सम्मको स्कुल मात्रै छ । मैना आठ पास गरेर, नौ पढ्न मेरै स्कुल आएकी हो । घरकै छेउमा उसको डेरा छ । बेला–बेला मेरो घरमा आएपनि, उ आज पहिलो चोटी मेरो कोठामा आई । पानी परेको निहुमा, सबै तल बसे मैना भने कोठामै पुगि ।

कोठामै थिए । गाउँमा जिते भनेनी स्कुलमा, जित बहादुर भन्थे । “जीत बहादुर कति घण्टी पढाई भयो” – नरम स्वरमा भनी । ३ घण्टी मैले भने । उ भित्र आएर मुसुक्क हाँसी, म बोलिन । मैना निस्केर गई । पानी कम हुदै गयो । सबै बारी तिर लागे । उ पनि गई ।

अर्को दिन ढोकामै मैना लेखेको देखे । दंग परे । उ मेरो कोठामा, चिनो दिन आएकी रहेछ । बल्ल आज बुझे । मैना र म नजिक भैरहेका थियौ । गाउँमा साथीभाईहरु कुरा काट्न सुरु गरिसकेका थिए ।

… … …

बषौँ पछि मैना सम्झीए । मैना संग भेट हुन्छ ? मनोजलाई सोधे । हत्तपत्त भन्यो – “ए.. साच्ची धोबी खोला मेलामा भेटेको थिए । तलाई नि सोधेकी थि । मैनाको बिहेपनि भए छ” । ट्वा परे .. सबै कुरा बिर्सिन पुगेछु । फेरि संगै स्कुल जादाका दिन स्मरण गरे । मनमा उदेक लाग्यो । मैले सोचेको पनि थिईन । मैले कल्पना पनि गरेको थिइएन, मैनाको बिहे होला भनेर ।

रातिको १० बज्यो होला । मजोज धेरै कुरा गर्ने प्रयास गर्छ । मन मान्दैन । खै कतिबेला निदाए थाहा छैन । निदाय देखि सपनामा मैना मात्रै देखिन्छे ।

गुराँस बजारबाट हिडेको ज्वान अलिक थकित थियो । घाँम कोठामै पुग्ने गरि सुते छम् । मनोज्या म भन्दा पनि अल्छी छ । मैले भने – उठ्न अब । चिसो रहेछ पानी, आजकाल त घरको आगनमै धारा जोडेछन् । कुनैबेला पाल्लो कुवाबाट पानी बोकेको पनि सम्झे ।

टाउको नुहाएपछि । जेईले पकाएर राखेको, भात र सिमीको तिउन रहेछ । डाँडाबजार जाने सल्लाह भयो । पाल्लो गाउँमा पुजा छ । लोती र बिष्णु पनि आउने छन ।

क्यारेम खेलेर, पुजा खान जाने –मनोज्याको प्रस्ताब । लोती र बिष्णु सहमत भए । बिष्णु कतारबाट आज मात्रै आयो । मोटो न मोटो चिल्लो देखिन्छ । उसले हाम्रै लागि भनेर बिदेशी चक्लेट ल्याएको रहेछ । बाँडेको–बाँडेई छ ।

बिष्णु र मेरा लागि गाउँ नौलो लाग्यो । मुकामबाट चार बर्षपछि आए । बिष्णु पनि तिन बर्ष कतारमा बिताएर आएको छ । देशमै भएपनि, मेरो बाध्यता थियो । गाउँ पुग्दा, आफ्न्तका शब्दले गलेको छु । यता गुराँसको गरिखार्ने बाटो, रमणसिंहको जिम्मा लगाएर आए । खै कस्तो गरिरहेको छ ।

… … …

उबेला झै आजपनि म्यारिज खेलिम । मनोज बाठो छ । आज पनि मेरा १ सय २० रुपैँया, बिष्णुका ९० रुपैँया , लोतीका ४५ रुपैँया, शन्तुका १ सय रुपैँया खायो । कस्तो फटा, उहिले पनि तास चोरेर खान्थयो, बानी उस्तै छ ।

पाल्लो गाउँ जान हिडिम् । ढंग संग नहिड्दा, लोती लड्यो । झन्न केहि भएन । बिचार गरेर हिड न, मनोज्या करायो । यो बाटोमा यीनै संग धेरै यात्रा गरियो । आज भने लाले छुट्यो । बषौँ पहिले स्याउली बजार यीनै ज्वानौ संग गएको स्मरण गरे । साच्ची मैना पनि गएकी थिई । मैनाको साथी रुपा पनि साथैमा थिईन । जात्रा हेर्न गएका थियौ ।

आजकाल स्याउली बजारमा जात्रा लाग्दैन : मैले सोधे । मैना संग जिस्काउदै मनोजले भन्यो – “त्योबेला मैना थिईन, जात्रा थियो । योबेला न मैना, न जात्रा” । लर्थक्क परे । केहि बोलिन । बोल्न पनि, के बोल्नु । सबै मनोज्याले बोलेपछि । ठट्टाका बिचमै पुगेका थियौ । बजार पुगेपछि, मैना र म हराएको कुरा गाउँभरि फैलाएका थिए ।

मैना अनि म मात्रै हैन, मन पनि हराएको – ज्वानौ संगको त्यो, जात्रा … … …

-लिवङ, नेपाल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.