~मिरा प्रसाई~
स्वार्थको मलखाडी भित्र
सम्वेदना कुहाएर
कम्पोस्ट मल
बनाएकै हौ भने,
तिम्रा लागि बेअर्थी भएको माया
कर्तव्यबोध पैतालाले धुलोपिठो बनाए पछि
फेरिएको तिम्रो कायाले तिमीलाई
दम्भ र अहङ्कारी बनाए पछि
सद्दे तिम्रा आँखाला२ जानीजानी तिमीले
`अप्टिकल एल्यूजन ´ को अवस्था सम्म पुर्यायौ
त्यति मात्रै होइन
तिम्रा आँखामा
कालो पट्टी बाँधेर
साच्चै , रङ्ग भेदी क्षमता
गुमाएकै हौ भने तिमीले!
आउ मेरो समीप आउ
म तिम्रो दृस्ठिकोणका निम्ति
`कलर सेन्सेसन´को शूत्र
सिरिन्ज मार्फत पठाइदिन्छु
तिम्रो मस्तिष्क सम्म।
नआत्तिनू ,
तोड पटक्कै हुँदैन
तिमीमा नै म देख्ने यी आँखाले तिम्रो दर्द देख्न कसरी पो सक्ला र?
तसर्थ प्रीय!
एनेस्थेसिया पनि लगाइदिन्छु
र कोरिदिन्छु रङ्गिन मार्गचित्र
मेरा लागि होइन तिम्रै जीवनका लागि!
जस्को बाटो हुँदै रङ्ग भेदी क्षमता पुनः उजागर गर्न सक्लाउ कि तिमीले
तिम्रा मुमुक्षु नेत्रहरू
विस्फारित गरि हेर
र नियाल अन्तर हृदयको
त्यो सत्यताको फाट
जुन सत्यता
तिम्रो र मेरो अन्तर हृदयमा
शाब्दिक अर्थ बनेर गौण छ
रङ्ग भेद छुट्याउ
प्रेम बिज रोप
कर्तब्य ब्युताउ
सम्बेदना जगाउ
अनि नियाल अन्तर कुन्तर
मनको कुना – कुनासम्म
कहिकतै देख्छौ कि तिमीले
त्यो गौण शाश्वत सत्य
म हुनुको तिमि
र तिमि हुनुको म
ओरीय !
न त दुःख पोख्ने छु दुनियाँसँग
न त गुनासो पाल्नेछु तिमिसँग
मनमा ठडिएका प्रश्नहरुको सुमेरू पर्वतलाई
मौनताको बिर्को लगाएर बन्द गरिदिन्छु
केवल तिम्रो इच्छा कदरका खातिर
तर तिमीले चिन्न सक्नुपर्छ तिम्रो अस्तित्व।
(स्रोत : सेतोपाटी डट कम)