गजल : हाम्रा नेताहरू

~दीप गोले~

गणतन्त्रलाई निमोठ्दैछन् हाम्रा नेताहरू
पद र कुर्सीमा लड्दैछन् हाम्रा नेताहरू

कोहीलाई चाहियो राष्ट्रपति, कोहीलाई मन्त्री
भाँजो हाली जुहारी खेल्दैछन् हाम्रा नेताहरू

संविधान बनाउने कसम खाए पटकपटक
फेरि समय लम्ब्याउँदैछन् हाम्रा नेताहरू

पदको लागि गरिएको सहमतिको वार्ता टुट्यो
सत्ता बाँडफाँड मै अड्किंदैछन् हाम्रा नेताहरू

यै चालाले एक वर्षमा कसरी बन्ला र संविधान
कतै ०४७ कै संविधान ब्यूँताउँदैछन् कि हाम्रा नेताहरू

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क १३ – Feb. 19, 2014 २०७० फागुन ७ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.