गजल : बाध्यता छ आज

~रामप्रसाद गैरे~

युवा जीवन पुदेशमा फाल्नै पर्ने बाध्यता छ आज
उठौँ न चेतनाको दियो बाल्नै पर्ने बाध्यता छ आज

जेनकेन एसएलसीसम्म पढ्छु भन्यो जेठो छोराले
भिसा लाउने कदम चाल्नै पर्ने बाध्यता छ आज

अरू पनि छोराछोरी पढाउने बाबुको हुने चाहना
बढाई कमाइ खर्च हाल्नै पर्ने बाध्यता छ आज

आफ्नै घर फुल्ने फुलले आँगनीमा मूल्य दिनु छ
त्यसैले अन्तै चोला गाल्नै पर्ने बाध्यता छ आज

छैन थाहा जिन्दगीकै सपना पो केको हुन्थ्यो हेर
चर्को घाममा शरीर ढाल्नै पर्ने बाध्यता छ आज

– पाल्पा रामपुर

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ५ – Dec. 17, 2014 – २०७१ पौष २ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.