कविता : च्यातिएको कश्मीर

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

प्रकृतिको सुन्दरतामा सजिएको एउटा कश्मीर
जति सुन्दर छ भित्र त्यति नै
छियाछिया भएर वाँचेको छ÷ जलिरहेको छ
विभिन्न आकारमा चोइटा चोइटा भएर टुक्रिएको छ ।
प्रकृतिमाथि मान्छेहरुले अपमान गरेको छ
मान्छे आप्mनो स्वार्थपुर्तिको लागि निर्दयी भएको छ
त्यहाँका खोलानालामा बग्ने पानीहरु
स्वतन्त्र भएर बग्न पाएका छैनन्
हिमाल पहाडहरु खुलेर हाँस्न सकेका छैनन्
स्वतन्त्र भएर वाँच्न वन्देज गरिएको छ ।
स्वतन्त्रता केवल शब्दमा मात्र सिमित छ ।
कुनै धनाढयले
कश्मीरको सार्वभौमसत्ता खरिद विक्री गरिएको
अल्पसंखयक बात्साहहरुको तजविजमा
वहुसंख्यकहरुको भविष्य निर्माण गरिदिएको कश्मीर
स्वतन्त्रताको लहरसंगै
आजाद भयो त भनियो
तर
धार्मिक ध्रुविकरणले कश्मीर च्यातिन पुग्यो
जताततैवाट उम्रिएको उग्रवाद संगमस्थल बन्न पुग्यो
जनप्रतिनिधिहरुलाई काराबासको फैसला सुनाउने अदालत बन्यो
जनताहरु आफुलाई
स्वशासित हुनको लागि गरिने भनिएको जनमत संग्रहमा
आसपासको सैनिकहरुको बुट बजारिने जंगको मैदान बन्यो
जनताले चुनाउको नाउँमा निष्पक्षता देख्न नपाएको लामो भयो
आजादीको आवाजहरुलाई निस्कने मुखमा बुलेट छिराउन थालियो
हातेमालो गर्ने हातहरु टुक्राइयो
स्वशासनको निमित्त उठ्न चाहने खुट्टाहरु काटिए
एउटा सक्लो कश्मीरलाई
वरिपरिवाट आप्mनो मन लागेजति मिलाएर खाए
लडाई लडेर जितेर लगे
कश्मीरको आकारमा परिवर्तन गरिरहे ।
अमरनाथ भुस्वामित्व प्रकरणले
निको हुंदै गएको कारगीलहरुमा
अर्को एलओसी कोरेको छ
कश्मीरको भविष्य अझै अन्यौल बनाएको छ
कश्मीरी जनताको विचार र भावनाहरु
महत्वहिन र मुल्यहिन बनाइएको छ ।
मान्छेहरु
चेसमा खेलिने गाट्टीहरु जस्तो उठाइन्छन्
चालहरु चलिन्छन्
अन्यौल भविष्य काँधमा वोकाउंछन्
कश्मीरका सिमानाहरु प्रत्येक दिन चलायमान छन्
चलायमान सिमानाहरुले
एउटा सक्लो कश्मीरलाई विश्वभरि हिंडाइरहेका छन्
अलगअलग कश्मीरमा च्यातेका छन् ।
च्यातिएको कश्मीर भित्र
चित्कारहरु थुनिएका छन्
आजादीको आवाजहरु निमोठिएका छन् ।

(१५ अगस्त २०१५, फार्नबोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.