गजल : पातालको कुरा !

~शेखर ‘अस्तित्व’~

अब छोड़ त्यो आकाश र पातालको कुरा !
आउ मिलेर आज गरौं हालको कुरा !

दुनियाँका कुरा भोलि पर्सि गर्दै गरौंला !
सब भन्दा पहिले गर्नु छ नेपालको कुरा !

चिसो सलाईजस्तो आज देश भइसक्यो !
काँटीहरूले बिर्से बल्ने खालको कुरा !

आँगनका झार पात उड़ाउने छ एक दिन !
हुरीले कहाँ सुन्छ र पर्खालको कुरा ?

छ लक्ष्य मेरो पाउमा मुठ्ठीमा प्राण छ !
मसङ्ग के गर्छौ र जाबो कालको कुरा ?

बुटवल–६
हाल : मुम्बई,

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.