~जीवराज बुढाथोकी~
हुन्थ्यो उनको, चिठी नआए,
हुन्थ्यो उनको, फोनले नगाए,
विरक्तीमा सधैं, हराएको पहर्,
हुन्थ्यो उनको, मन नपलाए !!
हुन्थ्यो उनको, याद नसताए,
उनको झल्कोले, नअल्मलाए,
म पछ्याउँदा, उनी टाढा हुने,
उनी पछ्याउँदा, म चल्मलाएँ !!
हुन्थ्यो उनको, साथ नपाए,
विना अर्थको, सुपारी चपाएँ,
माया भन्नु नै, कपर्दी रैछ,
पत्थरछेउ किन, बंशी बजाएँ !!
हुन्थ्यो उनको, चिठी नआए,
हुन्थ्यो उनको, फोनले नगाए,
विरक्तीमा सधैं, हराएको पहर्,
हुन्थ्यो उनको, मन नपलाए !!
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं