~अमृत सिङ थिङ~
मर्द हौ भने देखाउ छातीको रौ
एक एक गरी गन्ने छु
पाएँ शिवजीलाई भनी
पार्वती मातालाई भन्ने छु ।।
म पग्लेर निस्केको वाफको बास्नाले
आकाश पटक पटक गर्जेको छ
पवन सङ्ग उडी दिदा मेरा रङहरु
कुना कुना चारैतिर छरेको छ ।।
तिमी भमरा हौ भने
आउ मेरा गुच्छा गुच्छा चुम्नलाई
नापीदै मेरा यी अंगहरु
शरिर भरी घुम्नलाई
हैन भने तिमीले
सारी लाउनु पर्छ
श्रीङ्गारको पोको बोकी
ब्युउटी पार्लर धाउनु पर्छ ।।
अमृत सिङ थिङ
हाल : मलेसिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )