~शमिक्षा थपलिया~
चारै तिर मुजै मुजा परेको अनुहार
जुन अनुहारमा मुस्कान देख्न पाइदैन
सबै मानिस जन्मदा रुदै जन्मिए
पनि
जिवन भरि हासी रहेका हुन्छन
अरु भन्दा पृथक छ
सायद उस्को मन त्यसैले कहिले
मुस्कुराउदैन उ
आफ्नु जन्मनु अघि हल गोरु किन्न
बा ले साहु संग लिएको ऋण तिर्न सकेको छैन
जब साहु आएर भन्छ तेरी छोरीलाइ एक रातको
लागि मेरो घर पठाईदे
ऋण चुक्ता हुन्छ तेरो दुख किन गर्छस
त्यो लाचार बाबु भरिएका आखा
तेर्स्याउछ
आफ्नी चार वर्षे अबोध छोरी तिर
केहि बोल्न सक्दैन निशब्द उभिरहन्छ
पत्थर को मुर्ति जस्तो
समय परिस्थिति ले उस्लाई अनेक ठक्कर
खुवाई रहन्छ
जिबनको अन्तिम पल जहाँ उस्ले
मुस्कुराउने चेस्टा गर्दछ किनकी
सबै मान्छेमा कहिँ न कहिँ स्वार्थ हुन्छ नै
स्वार्थ पुरा हुने समय
जब आउछ अनि मुस्कुराउछ उ
अनि सम्झन्छ म यो पापी दुनिया बाट मुक्त
हुदैछु, जान्छु यो संसार र यहाको दुख छोडेर
यस्तै
कल्पनामा मुस्कुराउछ उ र
बिर्सन्छ आफ्नो परिवार पनि
जिबन भरि त उस्ले खुसि हुन् पाएन
अब के नै फरक पर्छ र
त्यो गरिबलाई मर्दा मुस्कुराउने मान्छे को
उपनाम दिए ।
-शमिक्षा थपलिया, गरामनि झापा ।
(स्रोत : हाम्रोदमक डट कम)