~गेहेन्द्र अधिकारी~
हरचिजमा नक्कल तिमि के गर्छौ,
भाग्यमै छैन भने खोस्न तत्पर किन पर्छौ
जाल झेल र निरङ्कुस छिरेको
यो जाली दुनियाँमा!!
बिश्वासको पसल राखेर तिमि के गर्छौ!!
थिच्नेले थिचेकै छ,
मिच्नेले मिचेकै छ!!
हरपल!! त्यो अबिस्वास्निय बोलिको
लालायित पनको श्रोता बनेर के गर्छौ!!
हरचिजमा नक्कल तिमि के गर्छौ,
बिश्वासको पसल राखेर तिमी के गर्छौ।।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )