~दिपा धिताल~
जिन्दगीले मलाई यसरी पिडा दिएको छ कि नानी सानो तिनो पिडाले मलाई असर नै गर्दैन । सहने बानी लागेको छ । अब त जिन्दगी पनि यस्तो लाग्छ कि यो जिन्दगी हैन पिडै पिडाको महासगर हो । यहि सागरमा तैरदा तैरदै आधा जिन्दगी नै बितिसक्यो । तर पनि सुख र खुसिको अनुभव कहिल्यै गर्न पाइएन ।
दिदी आँखा भरी आँसु पार्दै यी कुराहरू बोलिरहनु भएको थियो । सायद उहाँले बर्षौ देखि मनमा गुम्सिएर बसेका केही कुराहरू म संग बाड्न चाहानुहुन्थ्यो ,मलाई सुनाउन चाहानुहुन्थ्यो । मलाई भने दिनभर को थकानले गर्दा होला निन्द्राले च्यापिसकेको थियो । दिदी म निदाए ? भन्न मन लागेको थियो तर भन्न सकिँन ।
उहाँ लेखक भएको कारणले गर्दा आफुले लेखेका नारी अस्तित्वबादी किताबहरु पच्चहत्तर वटै जिल्लाका केही स्कुलहरुमा बाड्न जाने क्रममा हाम्रो भेट भएको थियो । म पनि साहित्यमा केही रुचि राख्ने भएको र रेडियोमा साहित्य कार्यक्रम संचालक गर्ने भएको हुँदा उहाँ सग मैले अन्तरबार्ता लिएकी थिएँ । त्यसपछि उहाँ म प्रति निकै प्रभावित हुनुभएको थियो ।
हाम्रो समाज अझै पनि पुरुषप्रधान सोचमा नै अडिएको छ । जहाँ छोरा मान्छेले गर्ने काम छोरी मान्छेले गर्न सक्दैनन् भन्ने ठान्छ । जहाँ छोरा मान्छेहरू स्वतन्त्र भइ हिंड्न् सक्छन् ,स्वतन्त्र संग काम गर्न सक्छन् र छोरी मान्छेहरूले हिंड्न् सक्दैनन् ,गर्न सक्दैनन् भन्ने ठान्छ । आखिर किन त ? किनभने यो समाजमा कतिपय पुरुष मान्छेहरू मान्छे जस्ता देखिदैनन् दानव नै जस्ता छन् । आफू पुरुष हुनुको घमण्डता देखाइ हाल्छन । छोरी मान्छेले केहि काम गर्न खोजे होच्याउने ,गिज्याउने, गिराइदिने । अझ कतिपय ठाँउमा त अस्लिल शब्दहरू प्रयोग गरेर बोलिदिने । छोरी मान्छेलाई कहिकतै एक्लै हिंड्न् लाएको बेला मातृस्नेह देखाउनु कता छ कता एउटा यौन पिपासु बनेर उसको अस्तित्व नै लुटिदिने । यस्तै सोच भएका कतिपय पुरुषमा गनिने राक्षसहरुले गर्दा हो यहाँ छोरी,महिलाहरु को स्वतन्त्रताको बाटो नखुलेको । हिंड्दा एक हातमा हतियार र अर्को हातमा आफ्नो अस्तित्व बोकेर हिंड्नु पर्ने ।
यहाँ मैले पुरुषहरुलाई मात्र दोष दिन खोजेको हैन । कतिपय महिला दिदीबहिनीहरु पनि यस्तै हुनुहुन्छ हाम्रो समाजमा । जसले महिला भएर महिलालाई साहयताको हात दिनुको साटो उल्टै यस्ती उस्ति भनेर कुरा काट्दै हिड्ने । म को हुँ ? मैल के गरिरहेकी छु ? मैले के गर्न हुन्छ ? के गर्न हुँदैन ? कस्तो टाउमा को संग कसरी बोल्नपर्छ भन्ने थाहा नपाएर लोभ र मोहमा फसेर आफ्नो अस्तित्व नै लिलामी पारेर हिड्ने यस्ता दिदिबहिनीहरु पनि नभएका हैनन् समाजमा ।
अक्सर छोरी मान्छे भएपनी जिबनमा आफ्नो अस्तित्व मुठ्ठीमा राखेर संघर्ष गरेर हिंड्न् सक्ने महिला दिदिबहिनीहरु संग म अलि नजिक हुन खोज्छु । म उनीहरुको जिबन जान्न चाहान्छु । बुझ्न चाहान्छु । आफुले जाने भुझेका केही कुराहरू पनि बुझाउन चाहन्छु । र यहाँ बाट पनि भन्छु मेरा प्रिय दिदिबहिनीहरु लोभ र मोहको तलाउमा डुबेको यो समाजमा यहाँ बाँच कसैले भन्दैन आफ्नो लागि आफै बाच्न सक्नुहोस् संघर्ष गर्न सक्नुहोस ।
दिदिको र मेरो फोनमा कुरा भैराखे पनि भेट भने धेरै महिना पछि भएको थियो दोस्रोपटक । दिदि काठमान्डौ मा नै बस्नुहुन्थ्यो । म काम विशेषले काठमान्डौ जाने भएको हुँदा केहिदिन उहाँ सगै बस्ने निर्णय गरेर गएकी थिएँ ।
उहाँले मलाई आफ्ना केही कुराहरू सुनाईरहदा मैले सोधे दिदी तपाईं यति साहसी र संघर्षशिल हुनुहुन्छ । फेरि पढाई पनि पूरा गरिसक्नु भो आफ्नो खुट्टामा आफै उभिसक्नु भएको छ फेरि के को चिन्ता ? बहिनी आफ्नो खुट्टामा उभिन सके पनि यो जिन्दगीको पहाडमा उभिन निकै कठिन हुँदोरहेछ ।
मेरो लागेको निन्द्रा नै हरायो दिदिको जिबन कहानी सुन्न उत्सुकता जाग्यो दिदी म भन्दा अलि पाको उमेरको नै हुनुहुन्थ्यो । बिहे पनि गर्नुभएको छैन ।मैले भने दिदी भन्नू न के भएको हो हजुरलाइ ? फेरि उमेर नि भैसक्यो बिहे पनि गर्नुभएको छैन ? मैले उहाँको बिहेको कुरा गर्दा दिदी झनै भावुक हुनुभयो । दिदिका आँखा बाट झनै आँसुका थोपाहरु बहन थाले र भन्नू भयो ।
नानी म तीन दाजुभाइ कि एक्लि बहिनी सानै बाट बा आमा,दाजुभाइ को न्यानो माया मा हुर्केकी मलाई दुख्ख को अनुभव कहिल्यै भएन । पढाई मा पनि उत्कृष्ट नै थिएँ । दिनहरु बित्दै गए । पढाई अगाडि बढीरहेकै थियो । छोरी मान्छे बा आमाको शिर कहिल्यै झुक्न दिएन ।
बाबा राजनितीमा अलि चासो राख्नुहुन्थ्यो । म पनि बाबाको पछि-पछि हिड्थे । बाबाले यो समाजमा केही परिवर्तन ल्याउन चाहानु हुन्थ्यो । उहाँलाई लोभ र मोहको कुनै घमण्ड थिएन । सके सम्म समाजको भलो हुने काम गर्नुहुन्थ्यो । म पनि चाहान्थे यो समाजमा केही गरेर देखाउ । महिला माथी हुने अन्याय अत्याचार का विरुद्धमा लड्न सकु ।
दिनहरु बित्दै जाने क्रममा मेरो करीअर पनि राम्रो भयो । पढाईको शिलशिलामा म काठमान्डौ आए । प्लस टु पनि राम्रो संग नै पास गरेँ । बि.एड पनि पास गरे । त्यसपछि छोरी मान्छे भएर जन्मेपछी हाम्रो समाजको संस्कार पराइघर जानैपर्ने । घरमा बाबा आमाले पनि अब बिहे गर्नुपछ भन्नुभयो तर मलाई बिहे गर्न मन लागेन । भनिदिए बा आमालाई अझै एक दुई बर्ष गर्दिन भनेर । त्यस पछि मेरो बिहे को कुरा पनि उठेन घरमा ।
म पढाई मा नै ब्यस्त रहे । मेरो बिहेको कुरा भएको एक दुई महिना पछि राजनिती द्वन्द्व का कारण मेरो बाबा मरिनु भयो कि मर्नु भयो केही थाहा नै भएन । त्यसपछि बाबा पनि यो संसार बाट बिदा भएर जानुभयो । आमा एक्लिनु भयो । म अलि पिडा मा नै रहे । त्यसबेला सम्म मलाई प्रेम र मेरो बिबाहको बारेमा केही सोच नै आएन मैले मात्र पढाई नै सोचे । मैले आफ्नो अस्तित्व र चरीत्रलाई बचाइ राखे ।
रात छिपिदै छ । एउटा बन्द सानो कोठामा दिदी आफ्ना पिडाहरु,जिन्दगिका कथाहरू मलाई सुनाइ रहनु भएको छ । म एउटा आज्ञाकारी छात्रा बनेर सुनिरहेकी छु । दिदी आफ्ना कुराहरु सुनाउदै हुनुहुन्छ ।
नानी तिमिलाई प्रेम गर्छु भन्नेहरु मेरो नजिक नआएका हैनन । तर मैले उनिहरुको प्रेम स्वुकार्स गरिन । म चाहन्थे जो संग मेरो बिबाह हुन्छ त्यसलाई मैले प्रेम गर्छु । यो शहरमा यहि अठोटका साथ म आफ्नै यात्रामा हिडिरहे । यात्रा गर्दागर्दै स्नातकोत्तर पढ्ने बेला मैले नचाहादा नचाहदै एक जना साथिले मलाई प्रेममा पार्यो । उसको प्रेमको अगाडि मेरो केही लागेन । उसले मलाई नपाएपछी मर्छु पनि भन्यो । त्यसपछी मैले उ सग हारे । उसले त्यतिसम्म भनेपछि मैले पनि बिश्वास गरे । तर उ सँग मेरो बिहे नहुदा सम्म उसको पछी कहिल्यै हिडिन । हाम्रो सम्बन्ध प्रेम प्रेमिका भन्दा पनी साथिको जस्तो नै रह्यो । म पनी त्यसै चाहान्थे । दिदिका कुराहरु सुनिरहदा मनमनै सोचे दिदि को बिचार पनी मेरो जस्तै रहेछ ।
आमालाई पनि मेरो बिहेको चिन्ता थियो । यो समाजमा बिबाह नगरेर बसेकी छोरी मान्छेलाई यो समाजले पनी अनेकौं थरी शंखा उपशंखाको नजरले हेर्छ । हामी नारीहरुलाई बिहे गरेपनी सुख छैन नगरेपनी सुख छैन । बिहे नभएकी छोरी ,उमेर पुगेकी छोरि बुढी कन्या के के हो के के ।
त्यसपछि मैले उ संग बिहे गर्ने निर्णय गरे । मैले भनेकी थिएँ म जो संग बिहे गर्छु उसैसंग प्रेम गर्छु भनेर । उसको घरपरिवार हुनेखाने नै थियो । बिहे हुने दिन पनि नजिक नजिक आयो । मैले मन्दिरमा गएर सानै बिहे गर्ने भने तर उसले मानेन । मैले नचाहादा नचाहदै पनि हुन्छ भनिदिए ।
त्यसपछि …… दिदी बोल्दा बोल्दै रोकिनु भयो । मलाई यस्तो लाग्यो कि दिदी अब बोल्नै सक्नुहुन्न । उहाँ असाध्यै रुनुभयो मात्र डाको छोड्नुभएन । मैले भने पिडा जम्मा भयो भने नासुर बन्छ दिदि नासुरलाइ बचाएर बाच्न निकै गारो हुन्छ । हुन त यो पनी कमजोर मान्छेको बाहाना हो । फलामलाइ तताएर आकारमा ल्याउनुपर्छ हामी पनी त्यहि फलाम जस्तै हुनुपर्छ । एउटा संग हारेर कायरतामा बस्नुभन्दा अर्कोलाइ जिताउनु बेस हुन्छ । सोचे र चाहे जस्तो जिन्दगी कहाँ हुन्छ र । मैले फेरि सोधे दिदी त्यसपछि के भयो ?
नानी यो ससारमा कसैलाई बिश्वास गर्नु भनेको आफै अबिस्वासमा पर्नु रहेछ । आफ्नो भनेको कोहि पनि हँुदोरहेनछ । खै कसका कुरा सुनेर हो । ऊ त्यसै पन्छिन लाग्यो म बाट । त उसले मलाई यहाँ सम्म पुर्याएर मेरो बिश्वासलाई यसरी कुल्चन्छ भनेर सोचेकै थिएँन । तर पनि मैले उसलाई छोडीन । भन्नेहरूले भने उसको धेरै सम्पत्ति छ त्यसैले नछोडेकी । नानी मलाई भने उसको धन सम्पत्ति को कुनै लोभ मोह थिएन । म आफ्नो खुट्टामा आफै उभिसकेकी थिएँ । मैले मात्र उ संग चोखो माया अनि बिश्वास मात्र मागेकी थिएँ । आखिर मरेर लानु के छ र बाचुन्जेल आफ्नै संघमा जिवन चलाउने हो । ऊ म बाट टाढिदै गएपछी मैले पनि बिस्तारै उसलाई भुल्ने बिकल्प बाहेक अरु केहि थिएन । र आफ्नो मन आफैले बुझाउने कोसिस गरेँ । त्यसपछी मलाई बिहेको कुरा नै मन पर्न छोड्यो ।
यो समाजमा अनेकथरी कुरा लगाएर अरुको सम्बन्धलाई टुटाउनेहरु को कमि छैन नानी । आजभोलि मान्छेले प्रेमलाई सस्तो थान्छ । चोखो र पवित्र प्रेम गर्नेहरु भेटाउन गारो छ । शारीरिक ससुखभोग र लोभ र मोहको प्रेम गर्नेहरु धेरै छन हाम्रो समाजमा ।
त्यसपछी मलाई निन्द्रा नै लागेन । सोचिरहे दिदिका कुराहरू । मनमा खेलाइ रहे । दिदिले अघिल्लो दिन उहाँ सगै घुम्न जाने क्रमममा एकदुई ठाऊँ बाटोमा टासेका आफ्नो पोष्टरहरु देखाउनु भएको थियो । किन यसरी टास्नु भएको हो दिदि ? भन्दा यो मेरो किताबको पोस्टर हो यसमा नारी अस्तित्व बादी छ । म चाहान्छु यो मेरो किताब पढेपछि मेरो जस्तै अवस्था नभोग्नुपरोस,प्रेमलाई शाारिरिक सुखभोग मात्र नठानुन भनेर हो । भन्नू भएको थियो । मान्छेले आफुले आफैलाई सम्झने फुर्सद नभएको यो शहरमा, मान्छेले मान्छेलाई मान्छे नभन्ने यो ठुलो सहरमा
दिदिको यो पोस्टर हेरेर कसले किताब पढ्छ होला । मनमनै सोचिरहे । मैले दिदी लाई यो कुरा भने पनि सम्झिनेवाला हुनुहुन्थ्यो । मैले उहाँको मानसिकता बुभीसकेकि थिएँ । उहाँले धेरै किताबहरु लेखिसक्नु भएको पनि रहेछ । तर उहाँका ती किताबहरु बुझ्न भने सकिन मैले ।
त्यो एकहप्ताको बसाइँ मा हरेक साँझ आफ्ना कुराहरू यसैगरी सुनाउनुहुन्थ्यो दिदी । म भने मात्र एउटा आज्ञाकारी छात्रा झै सुनीरहन्थे उहाँका कुराहरू । सुन्दै जादा यस्तो लाग्यो कि दिदिको त्यो पीडाले उहाँको मानसिकता नै अर्कै भैसकेको रहेछ । एउटा मान्छे जुन संस्कारमा जन्मन्छ,जस्तो समाजमा हुर्कन्छ,जिवनमा जस्तो भोग्छ उस्तै हुँदोरहेछ । तर दिदिले म प्रति यति सहयोग, सदभाव, माया प्रेम यति देखाउनु भएको थियो कि, म अहिले शब्दमा नै वर्णन गर्न सक्दिन । हाम्रो समाजमा यस्ता व्यक्तिहरु पनी हुँदारहेछन् कि जसले आफ्नो लागी भन्दा अरुकै लागी बाँच्दो रहेछन् । भन्थे महानहरु किताब पढ्नमा मात्र ठिक हुन्छन् । यथार्तमा उनिहरु भन्दा पिडीत कोहि हुँदैनन् । आज दिदिको जिवन कहानी हुन्दा यस्तै अनुभव भयो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )