~शैलेश थपलिया~
मनभरी आशा बोकी
आङ्मा उम्रिएका
तिखा काडाको ब्येथालाई
आफैभित्र लुकाएर
चारैतिर,
ति सुनसान बाताबरणमा
आफ्ना मन्त्रमुग्ध बासनाले
नया किरण को आगमन गरिरहेछ !
उजाडिएको बस्तीको गुलाफको फुल !!
उषाको मिर्मिरे आभामा ,
चादनीबाट छाल्केको रस
आफ्नो शिरमा सजाएर
घाम को किरण मा चमक्क चम्काई
नया जिबनको आगमन गरिरहेछ !
आफु सजिने शिरको खोजीमा
रुमल्लीइरहेछ
उजाडिएको बस्तीको गुलाफको फुल !!
बसन्तको बहार चारैतिर
भरिदै गर्दा ,
इन्द्रेणीले दुइ डाडाटेकी आफ्ना सारा रङ्ग फैलाइरहिछिन ,
बादलका सेता छिटाहरुले
दिनको उज्यालो झन् झन् बडाइरहेछन,
तर,
यसको असर केहि छैन उसलाई
मात्र आफुलाई
बयानगर्न आउने ओठको बाटोमा आखा लडाईरहेछ !
उजाडिएको बस्तीको गुलाफको फुल !!
यतिका समयको एक्लोपन कसले बुझिदिने ,
हृदयमा आधि हुरी बनि
चटारिरहेका
यी पीडाहरु
कसले रोकिदिने !
थाहा छ होला,
एकदिन त झरेरै नै जानुपर्छ
तरपनि ,
आफुलाई स्पर्ष गर्न आउने हातको पर्खाइमा बाचिरहेछ !
उजाडिएको बस्तीको गुलाफको फुल !!
सन्ध्याको क्यानभासमा आफै
टोलाईरहेछ,
कैयौ तुफान बाट बच्दै
मेघको गर्जनले थर्कमान भई
कतै साहाराको लागि
लम्किरहेका,
असहाय ति मुनाहरु सम्हाल्दै
“गालामा एक दर्जन दुखको झोला बोकी”
अडमिल्दो मुस्कानले
‘हासिरहेछ’
उजाडिएको बस्तीको गुलाफको फुल !
उजाडिएको बस्तीको गुलाफको फुल !!
उजाडिएको बस्तीको गुलाफको फुल !!!
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )