युद्ध संस्मरण : दोरम्भाको यादहरु

~सरल सहयात्री पौडेल~

श्रावणमा भेल आओस या बाढी, असिना परोस वा झरि, आकाशमा कालै–कालो वादल लागेर हप्तौंसम्म सूर्यको अनुहार नदेखिएपनि कसैलाइ अनौठो लाग्दैन । प्रत्येक मिनेटमा काला वादलहरु एकआपसमा ठोक्किएर सुनिने चट्ट्याङको आवाजले पनि केहि प्रभाव पार्दैन । यहि शिलशिलामा हजारौं जीवनको अन्त हुन्छ र दैनिक समाचारको विषय वनेर टुंगिन्छ । तर हिउदको कुरा फरक हो र वसन्तको कुरा झन फरक हो । यो वेला पर्ने असिना होस वा झरि, वादल होस धमिलो नदी यी सव कुरा प्रकतिको अनिष्ठ हो । यस्तो अनिष्ठतामा हुनसक्ने थोरै जीवनहरुको मृत्युले पनि धर्तिमा कोलाहल मच्चिन्छ । यस्तै कोलाहल थियो दोरम्भा घटना ,यस्तै अनिष्ठता थियो ती निहत्था १९ जनाको निर्मम हत्या ।

प्रकृतिको भाषामा भन्ने हो भने देशमा दोस्रो पटक युद्धविराम हुšदाको परिवेश भिषण वर्षातको मौसम अर्थात मध्य श्रावण जस्तै थियो । हामीले ओखलढुंगाको रुम्झाटारमा लडाई लडेको तिन महिना हुँदै थियो । घायल भएका हामीहरु उपचारकै क्रममा थियौं । मनमा कुनै आसंका समेत थिएन – देशमा युद्धविराम हुन्छ भनेर । रातको समय थियो । हामी तिनचारजना साथहिरु मरिन खोलाको किनारै किनार नक्कली गाउको नजिकै पुग्दा विविसी नेपाली सेवाले सरकार र माओवादी हेडक्वाटरलाइ उद्रित गर्दै युद्धविराम घोषणा भएको समाचार सम्प्रेषण ग¥यो । हामी आश्चर्यचकित भयौं । मलाइ श्रावणमा खडेरि लागेको जस्तो महशुष भयो, वर्षातमा फुल फुलेको जस्तो अनुभुति भयो ।

माओवादीको तर्फवाट कमरेड वावुराम भट्टराइ र सरकारको तर्फवाट नारायण सिंह पुन संयोजक भएको वार्ता टोलीको गठन भयो । माओवादीले राखेको प्रस्तावहरुमा छलफल गर्दै वार्ता प्रकृया चलिरहेको थियो । सामान्यतः लडाइको नियम थाहा नपाउने हर सर्व–साधारण नागरिकहरुको लागी आशाका मुनाहरु पलाएका थिए । वार्ता भनेकै शान्तिपूर्ण प्रयास हो । यहि प्रयासको लागी अनिश्चित कालिन युद्ध रोकिएको थियो । युद्ध रोकिंदा लडाइको सिपाइलाइ समेत राहत हुन्छ भने अरुलाइ नहुने कुरा थिएन । माओवादी कार्यकतार्, सरकारि कर्मचारि, सेना, पुलिस, अन्य राजनैतिक कार्यकर्ता तथा आम जनताहरु केहि समयको लागी भएतापनि सामान्य जीवनमा थिए ।

हुनत माओवादी पार्टिले राख्दै आएको गोलमेच सम्मेलन अन्तरिम सरकार र संविधान सभाको चुनावको मागलाइ सरकारले कुनैपनि रुपमा नस्वीकार्ने पक्का भइसकेको थियो । तिन पटक भएको वार्ता विना निस्कर्ष टुंगिएको थियो र चौथोपटक को वार्ता २०६० साल श्रावण ३२ गते दाङ जिल्लाको हापुरेमा चलिरहेको थियो । संयोग नै भनौं यहि दिन यता रामेछाप जिल्लाको दोरम्वा गाविसमा माओवादी पार्टि जिल्ला कमिटिको मिटिङ एकजना पार्टि कार्यकर्ता युवराज मोक्तानको घरमा वसिरहेको थियो । सेनाले अचानक गोली प्रहार ग¥यो र सेन्ट्रिमा वसेका टेक वहादुर थापालाइ घटना स्थलमै ढालिदियो । रामेछापस्थित नारायण दल गुल्मका मेजर राममणी पोखरेलको नेतृत्वमा गएको शाहिसेनाको टोलीले वैठक स्थललाइ लडाईको मोर्चाको रुपमा घेरा हालिसकेको अवस्थामा भित्र रहेका क.ललित वाहेक कोही पनि भाग्न सकेनन् । हतियार विहिन माओवादी जिलाका नेताहरुले ससस्त्र सेनासंग प्रतिरोध गर्न सक्ने अवस्था थिएन र उनीहरुले सामूहिक गिरफ्तारि दिए । हरेक मान्छे स्वतन्त्र र सम्मानित हुन पाउनुपर्छ अर्थात समान हुनुपर्छ भन्ने महान आदर्श वोकेर मानवताको लडाइमा होमिएका ती सवै नेता तथा कार्यकर्ताले गिरफ्तारि दिंदै गर्दा सकरात्मक सोंच राखे होलान र भन्ठाने होलान – पक्कापनि हतियार वोक्नेहरुपनि आखिर मान्छे हुन्, नेपाली जनताका छोरा हुन । उनीहरु केवल आतंकवादी होइनन् कम्तिमा अन्तराष्टिय मानविय कानुन पढाइएका सिपाइहरु हुन । उनीहरुले सोचे होलान – हिउदमा भेल वग्दैन होला, र वसन्तमा रगत पोखिंदैन होला । तर सुन्दर कल्पनाको एकाध घण्टापनि नवित्दै घोर विडम्वना भयो । केवल घरमा वस्न दिएकै भरमा गिरफ्तारीमा परे युवराज मोक्तान र उनका छोरा लिला मोक्तान ।

जनसरोकारका कामहरुलाइ कसरि लैजना सकिन्छ भनेर निहत्था वैठक वस्ने रामेछाप जिल्लाका माओवादी जिल्ला जनसरकार प्रमुख वावाुराम तामाङ (क.पुष्प), क्रान्तिको लागी भनेर ललितपूर इकुडोल देखि रामे्छाप पुग्नुभएकि अम्विका दाहाल (क.ललिका), वेथान गाविस ५ का प्रदिप दोङ (क.रक्तिम), डढुवा गाविस ४ की संगिता थामी, फुलामी गाविस ८ का हर्कवहादुर तामाङ क.यथार्थ, गेलु गाविस ५ का रवी चौहान (क.समिर), चंखु गाविस ३ कि उमा कार्कि (क.सहारा), चंखु गाविस ९ का श्याम तामाङ (क.इन्क्लाव), पुरानागाउš ८ का पदमराज गिरि (क.असल), दोरम्भा १ कि विष्णुमाया थापा (क.विमा), दोरम्भा गाविस ३ का ठुलोराम तामाङ (क.छोक्पा), सोनाराम तामाङ (क.विमल), लक्ष्मण तामाङ (क.छाया)š, हर्कलक्ष्मी राइ (क.विमला), चतुरमान थामी (क.समिर) र क. जमिनलाइ सेनाले सामूहिक नियन्त्रणमा लियो । मध्य दिउसोको समय थियो , डाँडामा वादलहरु मडारिरहेका थिए । दोरम्वाको वजारमा सेनाले पसलहरुवाट डोरि निकाले र हरेकको हातलाइ पछाडि लगेर वाšधीए । वजारवासिलाइ ढोका थुन्नको लागी वन्दुक तेर्साउदै आदेश गरे । मृत्यु लिएर आएको कालको वथान अगाडी निहत्था जनताहरु ढोका थुन्न विवस भए । वजार भन्दा एकघण्टा टाढा डढुवा गाविस ९ को डाँडा–कटेरि भन्ने ठाउमा पुगेपछि सवै जनालाइ डाँडा कटेरिको चौरमा लाइन वस्न लगाइयो र प्रत्येकलाइ पालै पालो गोली हान्दै चौरमा लडाइयो । छटपटाउदै छटपटाउदै उनीहरुले सोचे होलान– दुश्मन आखिर दुश्मननै हो चाहे त्यो आफ्नै रगतैपनि किन नहोस । दुइ खुट्टा टेक्दैमा मान्छे कहा मान्छे हुन्छ र सोच पशुको भएपछि त्यो पशु नै हो । हामीले सोचेको जस्तो हिउद हैन रहेछ यो, यो कालो वादलले ढाकेको श्रावणनै रहेछ । १९ जना महान मान्छेहरुको रातो र तातो रगतको आहाल देखेर हौसिएका मेजर राममणी पोखरेल रावण मणी को श्वरमा आफुलाइ विजय भएको हुंकार सहित हाँस्यो र निरिह उसका वन्दुकधारिहरु उसका हाšसोमा इच्छा नलाग्दा नलाग्दैपनि जवरजस्त सहयोगी वने ।

पश्चिमतिर दिगो शान्ति र आमूलपरिवर्तनको लागी भनेर शान्तिपूर्ण वार्ता चलिरहेको थियो र पूर्वतिर रगतको खोलो वगिरहेको थियो । दिगो शान्तिको लागी वन्दुकको खेल खेल्न विवस हामी पिडित जनताको तर्फवाट वनेका सिपाइहरु हुँ । हामी हरदिन हररात सेतो परेवा आकाशमा उडेको हेर्न चाहन्थ्यौं र हर नेपालीको ओठमा खुशिको अलिकति मुस्कान सल्वलाएको देख्न चाहन्थ्यौं । यहि कुरा पुराना सोचका शासकहरुलाइ मन परेन । सामन्तका दलालाहरुलाइ चित्त वुझेन र हाम्रा प्रत्येक आत्म–सम्मानमाथी प्रहार गरिरहयो । त्यसैको परिणाम २०५२ फागुन १ थियो । ५२ देखि ५८ को समय ५ वर्षको थियो । सामन्ती अहंकारवादवाट निस्किएको सोच माथी गरिएको प्रहार एउटा महान इतिहास वनेको थियो । जनतालाइ नपत्याउनेहरुले जनता ले चाहे भने जे पनि गर्न सक्ने रहेछन् भन्ने कुराको उदाहरण वनेको थियो । सायद शासकका दिमागमा जनताको लागी केहि घुस्यो होला भनेर गरिएको ५८ सालको वार्ता त्यतिकै टुटेको थियो । त्यसले प्रमाणीत गरेको थियो तिनको दिमागमा अझै गोवर भरिएकै छ । त्यसपछि उनीहरुले आफ्नो अन्तिम तागत शाहिसेनालाइ प्रयोग गरेर झण्डै डेढ वर्षसम्म जनताको आवाजलाइ दवाउने कोशिष गरे त्यसको जवाफपनि अन्तत जनसेना र आम जनताको पार्टि माओवादीले दिएपछि ५९ साल माघमा फेरि अर्को युद्धविराम भएको थियो । जनताको पक्षमा अगाडी सारिएका नाराहरुलाइ छ महिना सम्मको वार्ताले कुनैपनि तर लगाउन नसकेपछि राज्य स्वयं हिंसामा उत्रिएको थियो र वार्ता टोलीलाइ धम्क्याउने एउटा क्रुर खेलको लागी दोरम्वा घटना घटाइएको थियो । शान्तिको आशा गर्ने हामी वास्तविक शान्तिसेनाहरु दोरम्भाको विभत्स हत्याको वदलामा ज¥याक जुरुक उठ्यौं र पार्टिको आदेश अनुसार आ–आफ्नो मोर्चामा डट्यौं । दोस्रो युद्धविराम भंग भएपछिकोे झण्डै तिनवर्षको भिषण लडाइले सामन्ती राजतन्त्र र राजनैतिक दलहरुलाइ छुट्याइदियो, अन्तत राजनैतिक दलहरुलाइ माओवादीको कोर्टमा ल्याइपु¥यायो र सामन्ती राजतन्त्रको अन्त भयो । जस पश्चात भएको यो लामो युद्धविराममाा हामी कुदिरहेका छौं । यदि पहिलो युद्धविराम र दोस्रो युद्धविरामलाइ संझने हो भने यो न त हिउद हो न त वसन्तनै ।

निलो आकाशको पर्दाले छोपेको भिषण वर्षात हो । पहिलाको दुइवटा युद्धविराम भन्दा अहिलेको युद्धविराम अलि फरक छ । फरक यति हो अहिले हामी झण्डै पाšच वर्ष लामो युद्धविराम मा छौं । फरक यति हो हामीले केहि समय सरकार चलाएका छौं र फेरिपनि सरकार सम्म जान सक्ने संभावना छ । तर हाम्रो मंजील त्यतिमात्र हुदै होइन । यदि लक्ष छुने एक कुशल सिपाइको तरह हामीले सोच्ने हो भने हरपल युद्धविराम भंग हुन सक्छ । वास्तवमै भन्ने हो भने हामी आमूल परिवर्तन गर्न चाहन्छौं उनीहरु त्यसलाइ रोक्न चाहन्छन् । विषय धेरै छैन, थोरै छ तर सानो छैन ठुलो छ ।, उनीहरु दोरम्भा दाहो¥याउन चाहन्छन् हामी दोरम्भाहरुको वदला लिन चाहन्छौं । कुरा विशाल छैन सामान्य छ तर चानचुने छैन गंभिर छ । यदी हामी सचेत नहुने हो भने, एकतावद्ध नहुने हो भने र हरपल क्रान्तिकारि सिपाइको रुपमा आफुले आपैmंलाइ खरो व्यवहारमा नउतार्ने हो भने अवको दोरम्भा १९÷२० जनाको लागी भनेर आउदैन, अवको दोरम्भा रामेछाप जिल्लाको लागीमात्रपनि आउदैन र अवको दोरम्भा क.पुष्पहरुको लागीमात्रपनि आउदैन । वरु अवको दोरम्भा पुष्पकमल लगाएतकाहरुको लागी आउछ, अवको दोरम्भा नेपाल भन्ने सिंगो देशकोलागी आउछ र अवको दोरम्भा १९ लाखको मृत्यु लिएर आढाइ करोढ नेपाली जनताको लागी आउन सक्छ । । मेरो प्रिय साथीहरु ! एकपटक ती शुरुका दिनहरु लाइ चिसो दिमाग सहित एकसाथ संझौं ! जुन दिनहरुमा हामीे राजनीतिको कखरा पढ्दै गर्दा या पढाउदै गर्दा भन्ने गथ्र्यौ – बाबियोलाइ त्यान्द्रा त्यान्द्रा वनाएर छरिदिने हो भने जो कसैले सजिलै चुडाउन सक्छ तर एकठाउँमा ल्याएर दाम्लो वनाउन सके हात्तिलाइपनि नियन्त्रणमा लिन सकिन्छ । यो कुरा पढ्न या पढाउनको लागी श्रृजना भएका होइन, गर्न या गराउनको लागी नै हो । यहि श्रावण ३२ गते दोरम्भा घटना भएको अव आठ वर्ष पूग्दै छ । दोरम्भालाइ स्मरण गर्दै गर्दा क्रान्तिकोलागी र ती महान शहिदहरुको सपनाको लागी हर क्रान्तिकारि कमरेडहहरुसंग मेरो अहि आग्रह छ ।

– सरल सहयात्री

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.