लघुकथा : खोजी

~कात्यायन~dhanwantari-mishra-katyayan

– धेरै वर्षको कोमाबाट फर्किए पछि, ऊ पूर्व-प्रेमिकाहरूको खोजी गर्न हिंड्यो |

– उसले ब्याङ्ककको हवाई ट्रान्जिटदेखि क्यालिफोर्नियाको यअरपोर्टमा देखेकोथियो | लसभेगासको जुवा-घरहरूमा देखेकोथियो | अमेरिकाको विभिन्न सहरहरूको कन्भिनेंटल-स्टोर्सदेखि ठूला-ठूला ब्यापारिक-मलहरूमा पनि देखेकोथियो | पार्कदेखि सामुद्रिक किनाराहरूमा पनि देखेको थियो | डान्स-बारदेखि न्यूड-क्लबहरूमा पनि देखेकोथियो | विध्यालयदेखि व्हाईट-हाउसको वरिपरि पनि देखेकोथियो |

– फर्किए पछि यस्तै-यस्तै दृश्यहरू आफ्नै माटोमा यस्तै-यस्तै परिवेशमा जताततै देख्नथाल्यो | उसलाई पनि माया गर्नेहरूलाई माया गर्ने रहर लाग्नथाल्यो | मरिसकेको वैंशले कुत्कुत्यायो | पूर्ब-प्रेमिकहरूलाई खोज्दैहिंड्यो | र एकदिन पहिलो मध्ये पहिलो प्रेमिकालाई भेट्टायो | उनीसंगै घर गयो | फेरि पहिले-पहिले झैं कुरामा अल्झियो | उसले जे देखेको थियो, त्यो वैंश फेरि पनि पोख्नसकेन | र नजिकै कक्रिएर अप्ठ्यारो मानेर बसेकी सबभन्दा अबोध छोरीलाई च्याप्प अंगालोमा लियो र चुम्बन गर्नथाल्यो |

– ऊ फेरि पनि अर्को साँझ अरू प्रेमिकहरूलाई खोजी गर्दै हिंडिरहेको थियो |

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.