~शशीकला थापा सुब्बा~
मनभित्र कता कता एउटा दियो बलिरहन्छ.
त्यै दियोको रापले होला छाती सधैँ जलिरहन्छ..
किनारमा दुइहातले सपना बुन्नु व्यर्थै रहेछ.
छाल आउदा विश्वासको महलहरू ढलिरह्न्छ..
सजाएर जिन्दगीलाई सप्तरंगी बनाऊ भन्थे.
जिन्दगी यो आफैसँग किन आखा छालिरह्न्छ..
बन्धनहरू फुकाएर पराइभनि साबित गर्यौ.
तिम्रै हुनुको झुटो हल्ला घरी घरी चलिरहन्छ..
हाल : लण्डन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)