कथा : रहरै रहरको ब्वाईफ्रेन्ड

~सविता सापकोटा~

एसएलसी पछिको कलेज लाईफ , रमाईलो नै थियो । बिहानीको कलेज र दिनभरको फुर्सदको समय कहिले चाईनिज गुम्बा त कहिले बेगनास ताल रुपा अनि फेवा । कलेजबाट भागेका ति दिन अनि कहिलेकाही नक्कली हस्ताक्षेर गरेर गेटमा बस्ने मामालाई समेत झुक्यएका ति पल । स्कुले जीवन सकिए पछि आफूलाई पिजडाबाट निस्केको सुगा जस्तै लागथ्यो ।

चारजनाको ग्याङग , सबै उस्तै प्रवितीका हाँसो मजाक अनि खेल ठट्टामा रमाउन खोज्ने ।

सबैको हात हातमा मोबाइल अनि मुख बङग्याउदै खिचेको सेल्फि । फेसबुकमा लेखेको क्यापसन , आज देख्दा ती पलहरुले आन्नद दिलाउँछ ।

उर्लिदै गरेको बैससँगै झ्यागिदै गरेका अनगिन्ती रहरहरु । त्यहि रहरमा समाबेश भएको ब्वाईफ्रेन्ड बनाउने सोच । आफ्नो ग्याङमा सबैको ब्वाईफ्रेन्ड हुदाँ साईनालाई पनि एक्लो महशुस हुन्थ्यो । मेरो ब्वाईफ्रेन्डले आज मलाई बाईकमा कलेज ल्याईदियो , मेरो ब्वाईफ्रेन्डले टेडि र लुगा किनिदियो भन्दा उसलाई पनि आफ्नो कोहि भएको भए म पनि त्यसरी नै सुनाउँथे भन्ने मनमा लागेको थियो ।

एसएलसी सक्ने बितिकै स्ट्रेट गरेको सिल्की कपाल, गोरो वर्ण, कुहिरा आँखा अनि लोभ्याउदो उचाई । प्रपोज दिनेको कमि थिएन । मनले रोजेको र खोजेजस्तो केटा नपाएर भनौ या आमाबाबाको डरले उसलाई ब्वाईफ्रेन्ड बनाउने रुचि थिएन ।
बाबा आमाकी एक्ली र जेठी छोरी र घरमा रहेको भाई , दिनहँु मोबाइल चेक गर्ने उसको बानी । यिनै कुराले डर लाग्थ्यो । ब्वाईफ्रेन्ड भएपछि फोनकल, म्यासेज भईहाल्छ अनि भाईले गाली गर्छ , आमालाई भनिदिन्छ अनि कुटाई खाने मात्र होईन तलाई पोई चाहिएको भनेर बिहे गर्दिन्छन भन्ने चिन्ता लाग्थ्यो ।

केहि समय मन बुझाएर बसेकी थिई तर दिनहँु तिनै साथीहरु सँगको भेट अनि आईरहने प्रपोजहरु । फेसबुकमा च्याट गरेर हाई, हेल्लो गर्ने अनि तिमी कति राम्री भन्नेको कमि थिएन् । उमेरको प्रभाव न त हो कसले कस्तो नजरले राम्रो भनेको छ भन्ने सोच कहाँ आउँछ र ? सबैको नजरमा राम्री देखिन मन लाग्छ , सबैले आफैलाई नै हेरुन भन्ने लाग्छ ।

झयाउकिरीहरुले पनि तँ धेरै राम्री छस भनेर गित गाए जस्तो लाग्छ । एउटा साथीको दाईसँग फेसबुकमा च्याट हुन थाल्यो । कहिलेकाही साथीको घर जाँदा अक्कल झुक्कल देखिने गर्थे । काले भएपनि हिस्सी परेको अनि बिज्ञान बिषय लिएर १२ कक्षा सकाएको थियो । तपाई सम्बोधन देखि सुरु भएको उनीहरुको सम्बन्ध तिमीमा पुग्यो । एकतिर एघार कक्षको परिक्षा नजिकिदैे थियो भने अर्कोतिर मनको रहरले मायाको डेरा जमाउँदै थियो ।

फेसबुकमा च्याट गरेर घण्टौ बितेको पत्तै हुदैनथ्यो । भाईले मोबाइल हेर्छ कि भनेर उसले च्याट डिलेट गर्ने गथिे । फोनकल खासै हुदैँनथ्यो । परीक्षा भन्दापनि उसँगको सामिप्यता प्यारो लाग्न थालेको थियो । किताब अगाडि राखेर मोबाइल चलाउने बानी परेको थियो । जति कुरा गरेपनि अपुग नै हुन्थ्यो ।

घण्टौ च्याट गर्दा पनि अझै बोलीरहु जस्तो लाग्थ्यो । उसलाई मन पराउँछु भनेर भन्न सक्दिनथी । उसले पनि केही भन्दैनथे । प्राय केटाहरु केटी आफूसँग बोलेपछि अब आफनै हो भन्ने सोच राख्छन् रे । खोई उसले मनमा के सोच्यो । विस्तारै फोनकल हुन् थाल्यो । घरमा हुदाँ बोल्न डर लाग्थ्यो । कलेज जाँदा आउँदा बाटोमा बोल्ने गर्थे । आमासँग कपि किन्नु छ भनेर पैसा मागी रिचार्ज कार्ड हाल्ने गर्थे ।

केटाहरुलाई कति मोज है ? जतिबेला जहाँ हिडे पनि जोसँग बोलेपनि कसैले केही नभन्ने । एकदिन साइनाले सोधी ।
केटी हुनु मोज छ नि । विदेश जाने केटा खोजेर बिहे गरे भैहाल्यो । आफूले केही नगरेपनि हुने, उसले भन्यो ।
आजकल त केटीहरु पनि पढेर जागिर खान थालेका छन् । सबै केटी त्यस्तो सोचका हुदैनन् । साइनाले उत्तर दिइ ।
उसले पनि मौका छोपेर भन्यो सबै केटाहरुलाई पनि फ्रिडम हुदैन् नि ।

यस्तै कुरा हुन्थ्यो । धेरैजसो च्याटमा नै करा गर्दथे । च्याटबाट नै उसले प्रपोज राखेको थियो । साइनाको मनमा मायाको खिल बसिसकेको थियो । लभ यु टु भन्न धेरै सोच्नुपरेन् । साथीको घरमा जान्छु भनि घरमा ढाटेर पहिलो डेट जाने सल्लाह भएको थियो । पहिलो डेटिङ चाइनिज गुम्बा गएका थिए उनीहरु ।

थोरै लाज अनि धेरै माया व्यक्त गर्न ओठहरु आतुर रहेपनि दुवैले व्यक्त गर्न सकेनन् । उसले हात समाउँदा समेत साइनाको मनमा डरका काँडाहरु उम्रिए । हात समातेर जीवनका हरेका उकालाहरु उक्लने बाचाका साथ सँगै उक्लीए । विस्तारै उ आफना हातहरु साहिनाको केशमा ल्याउँदै थियो । उ परपर सरेजस्तो गर्थेी । यतिकैमा एक दिन सकियो । उनीहरु आ आफ्नो घर फर्किए ।

साहिनाभन्दा उ भन्दा एकवर्ष सिनियर थियो । स्नाकोक्तर पढ्नका लागि काठमाडौँ गयो । फेसबुकमा च्याट हुदैँ थियो । साइना पनि १२ कक्षाको परिक्षा दिएर बसेकी थिई । काठमाडौँ गएर पढ्छु भन्दा घरका सदश्यले जान दिएनन् ।
माया व्यक्त गर्ने केबल एउटा फेसबुक थियो । उसले काठमाडौँमा एक्लै बस्दाको दुःख सुनाउथ्यो । बिहे गर न सुख हुन्छ भनिदिन्थी साइना । अहिले कहाँ बिहे गर्नु अझै १० वर्ष गर्दिन भन्थ्यो उ । पढाई सकेर जागिर खाई आफनै खुट्टामा उभिएपछि बल्ल बिहे गर्ने हो भन्थ्यो ।

यता साइनाको घरमा आफन्तहरु बिहेको कुरा दिएर आउँथे । विदेशमा पिआर पाएको गतिलो केटा छ भन्थे कोही ,कोही डाक्टर सकेर जागिर खादैँ छ भन्थे । अहिले बिहे गर्ने मनसाय छैन् भन्दा त्यरो कोही छ भने भन भन्थे ।

मनमा कोही त थियो तर उसको बिहे गर्ने मनसाय थिएन । चिना हेराउन जाँदा पनि ज्योतिसले तिम्रो चिनामा लगन जुरेको छ जसरी पनि अहिले बिहे गर्नुपर्छ नत्र ३५ वर्ष नकटी गर्न हुदैन् भनेका थिए ।

साइना दोधारमा थिई, घर परिवारलाई म कसैलाई माया गर्छु भन्न पनि सक्दिनथी र माया गरेको व्यक्तिलाई भगाएर लैजाउ भन्न पनि सक्दिनथी । उ भर्खर पढ्दै थियो । यो कुरा आफनो प्रमीलाई सुनाउँदा तिमी खुशी छौँ भने बिहे गर भन्यो ।

दोधारकै बिचमा अष्ट्रेलीयामा पिआर भाको केटासँग उसको बिहे भयो । धुमधामसँग लगन गाठो बाधियो । साहिना अहिले अष्ट्रेलीयामा छ । ब्लक गरेको पहिलो प्रमीलाई अनव्लक गरेकी छ र बेला बेलामा उसको वालमा गएर नयाँ गतिविधिहरु हेर्ने गर्छे । उसले अहिलेसम्म बिहे गरेको छैन् ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.