पिरतीको डोरी बरै काट्न नमिल्ने
जे गरे’नि आफैंलाई ढाँट्न नमिल्ने ।
हेर्दा-हेर्दै चमेली त सेतै फुल्यौ नि
तिम्रो-मेरो पुरानो त्यो याद भुल्यौ कि?
मेरो पनि शिरमा तिम्रो रङ्ग सरेछ
शर्म बरै के बुझेर दङ्ग परेछ ।।
पिरतीको….
लहराको पीङमाथि दङ्ग परेर
के गर्यौ नि वासनाको स्वाङ छरेर
छेउमा बसी तिम्लाई छुने मौरी धपाऊँ
जुनी-जुनी पिरतीको लौरी घुमाऊँ।।
पिरतीको…..
जति हेर्यो उति राम्री पात पहेंली
कुत्कुतीले खेल्छ मेरो मनमा बयेली
छातीभित्र पधेरी छ सुक्न दिऊँ कि ?
तिम्रो लागि हिर्दयमै लुक्न दिऊँ कि ?
पिरतीको…..
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)