~शैलेश थपलिया~
“पर्खाई” उनको
त्यो भन्दा पनि उचित
‘हाम्रो’
एउटा ‘सपनाको’
जसले युगौ सम्म कुर्ने चाहाना दियो
नयनलाई थकान बिना कुर्ने
एउटा बहाना दियो
सायद ,
येहि नै त थियो
आसुमा पौडिनुको रहस्य !
तिमि नै त आधार एउटा बाच्नुको,
त्यो भन्दा नि उचित
मलाई बचाउनुको
आजसम्म !
डर लाग्छ ,
कतै यो मन फाटेर
सजाएका सुन्दर सपनाहरु कोइसामु
छरपस्ट हुने हो की??
मतलबी दुनिया
त्यो बन्द नि मतलबी त
‘ मन ‘हरेकको
स्वार्थ को एउटा पोको त रहेछ !
लाचार भैदिने रहेछ आफैभित्र
तर ,
मेरो स्वार्थ त तिमि हौ!
त्येही भित्र त जिउदो छु म !!
सम्झिन्छु जब तिमीलाई
हाम्रा सजाएका सपनालाई,
मेरो स्वार्थ झनै बलियो हुन्छ
येतिका समाएको पर्खाइले
लाग्छ,
अब ‘म’ आफै पनि ‘म’ रिहिन
रुमल्लिन पुगेछु तेही स्वार्थ भित्र
हाम्रो सपनाको स्वार्थ !
तिमीलाई पाउनुको स्वार्थ !!
अनि संगै जिबन बिताउनुको स्वार्थ !!!
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )