~बच्चु कैलाश~
पर्खेर बस त्यो डाँडापारी म अवश्यै आउँछु
कुरेर बस यो डाँडावारी म गीत गाउँछु
पिलपिले साँझको भोलि ननिभी हुँदैन
वारी र पारी बिछोड सँधै कसैको हुँदैन
हृदयको आखिरी भाषा माया हो भनेर
गाँसेर बस प्रीतिका फूल मालामा उनेर
अवश्यै आउँछु कुरेर बस यो डाँडावारी
म गीत गाउँछुपर्खेर बस त्यो डाँडापारी
म अवश्यै आउँछु
शीतका थोपा परेका मुना फूलको शरिरले
दुई थोपा आँशु जडेर राख निस्केका आँखा मै
हुँदैन सँधै जुनेली रात प्रकृति तमाम
नलेऊ पीर नलेऊ सुर्ता बिछोडको घडीमा
अवश्यै आउँछु
कुरेर बस यो डाँडावारी म गीत गाउँछु
पर्खेर बस त्यो डाँडापारी म अवश्यै आउँछु
शब्द / स्वर / सङ्गीत : बच्चु कैलाश