बहरबद्ध गजल : मैले हार्न खोजे

~जीवराज बुढाथोकी~

नसोचेकै भयो, मैले हार्न खोजे ।
भयो हारेर के, बाधा टार्न खोजे ।

नजाने पन्थको, सोध्नै हुन्न बाटो,
त्यसैले आज चाहानै मार्न खोजे ।

मुखै खोली भएँ, छुच्चो भन्नु भन्दा,
थियो क्यै बाध्यता, बोली बार्न खोजें ।

नचाहेरै थियो, यौटा मन्म केहि,
नबोली आज त्यै, हातै पार्न खोजे ।

नलागी जूनको, आशामा कदाचित्,
भयो इच्छा र ती, तारै झार्न खोजें ।

बहरः करीब
सुत्रः १२२२ १२२२ २१२२

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.