कविता : एक असारको बिहान

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
दिनकरको बीउ झन्डै उम्यो
मिरिमिरि–माटो फारी, दृश्य
बदली निशिभर गाइरहिथिन्
प्रकृति, तिनले रोपिन् अवश्य !

ख.
हेर ! टुसाई आउँछ कलिलो,
लाल पत्ती ली दुई बादल !
मानो लुँडेका बीज पलाउँदा
हात ठटाउँदा खुशी बालकदल,
जस्तो मेरो, पन्छी, पशुको,
उफ्यो दिल दिल !

ग.
फुल्दछ, फुल्दछ ढकमक बन्दै
रातो–पहेंलो
यसका सुगन्ध मशीहा चोर्छन्
सुँघिरहेछु
गरिरहेछु चोर्ने मेलो !

घ.
यसको केशर पर्दछ चुली
पन्छी चुम्छन्
पर्वतमुनिले मन्त्र सुनीकन,
यसको रहस्य,
‘भूर्भुव स्वः भूर्भुव स्वः’
तिनका आँगमा
बिरुवा उँग्छन् ।

ङ.
यो रोप्ने को ? यो रोप्ने को ?
जोडाजोडी ?
कस्ती राम्री होलिन् तिनी औ
कस्तो सुन्दर तिनको प्रेमी !
कल्पिरहेछु ताना छोडी !
भावहरुका उब्जिरहेछन् हरिया शस्य
गाई एउटा मन्त्र, रहस्य !
भूर्भुव स्वः भूर्भुव स्वः

च.
जप्छ दुभो पनि यही गायत्री
सजल र सिरसिर,
दिलले अवश्य !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.