~प्रकाश सुनुवार ‘निराकार’~
टोलटोलका खिच्चा कुकुरहरु
ढाकरमा बोकेर नुन खाने ढाकरेहरुको देशमा
मार्बल ओच्छाएको महलभित्र
भेला जम्मा हुन्छन् ।
मालिकलाई रिझाउन बहस चलाउंछन्
बादविबाद गर्छन्
मालिकलाई कसरी वढि भन्दा वढि रिझाउन सकिन्छ भनेर
एकअर्कामा प्रतिस्पर्धा गर्छन्
घोचपेच गर्छन्
कुर्सी भांच्छन्
माइक तोड्छन्
म मात्रैे वोल्छु अरु कोई नबोल् भन्छन्
म पनि बोल्छु भनेर अर्को कुनावाट हल्ला गर्छन्
अन्त्यमा,
मालिकले दिएको आदेश अनुसारमा काम गर्छन्
मालिकलाई सजिलो हुने खाल्को नियम कोर्छन्
मालिकले वाचा गरेको मासुको टुक्रा सम्झेर
रयाल चुहाउँदै घम्साघम्सी गर्छन् ।
मालिकको काम फत्ते गरिछाड्छन् ।
कुकुर न हो इमान्दारिता निभाउन सफल हुन्छन्
तर ढाकरेहरु प्रति पटक्कै इमान्दार होइनन् तिनीहरु ।
जव मालिक खुसी भयो
तब मालिकको अगाडी शिर निउराएर
पुच्छर हल्लाउँदा खानु पाउँछु भन्ने थाहा छ
दया लाग्ने गरि पुच्छर हल्लाउँछन् खिच्चा कुकुरहरु
मालिकको पाउ जिब्रोले चाटिचाटी टिलिक्क पार्छन् ।
एक नम्बरमा मालिकको आदेश पालना ग¥यो
त्यसपछि पाउ चाट्यो
तर मालिकले अझै पनि
एक टुक्रा मासु पनि फाल्दैन
तब खिच्चा कुकुरहरुले कुरा वुभ्mयो
एकअर्कालाई झम्टाझम्टी गनुपर्छ भन्ने सम्भ्mयो
र फेरि त्यसै ग¥यो
जुभ्mयो, वाज्यो
मारामार ग¥यो
घाइते हुइन्जेल टोकाटोक ग¥यो
दाँत फुस्किन्जेल एकअर्कालाई टोक्यो ।
खिच्चा कुकुहरु गल्यो
शक्तिविहिन भयो
उर्जाविहिन भयो ।
पश्चिमाहरुले खा भनेर दिएको हड्डी चुसिरहेको मालिक
यतिखेर मुसुक्क हाँस्यो र
खिच्चा कुकुरहरुको माझमा
त्यहि हड्डी फुत्त फालिदियो
खिच्चा कुकुरहरु
अहिले खोसाखोस गरिरहेछन् ।
(१२ मार्च २०१२, फार्नबोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)