~नरेशदेव पन्त~
गोरेटो अनि उस्तै छ गल्ली
तिमी कतै बदल्यौ कि
आकास उही छ धरती उही छ
कतै तिम्रो मन बदल्यो कि, ओ प्रिय
रुखमा खोपको प्रेमको चिनो
अँझै पनि उस्तै छ
प्रियसीका यादभरि यो मनमा
च्वास्स मुटु पोल्दछ
कोही फर्काइदेऊ त्यो बालापन
कोही फर्काइदेऊ अतीतका ती मीठा क्षण
हत्केलामा नाम लेख्दै मेटेको
झलझली याद आउँछ
सिरानी बनाई छातीमा सुतेको
आजै जस्तो लाग्छ
कोही फर्काइदेऊ त्यो न्यानो पन
कोही फर्काइदेऊ अतीतका ती मीठा क्षण
शब्द : नरेशदेव पन्त
संगीत / स्वर – सुनिल बर्देवा